Tuesday 24th March 2026

चितवनमा रास्वपाको सुनामीले सवैलाई बगायो


चितवन, तनहुँ र बारामा आइतबार भएको प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा चितवन बाट २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तनहुँ १ बाट सोही पार्टीका अर्का उमेद्धार स्वर्णिम वाग्ले भारी मतान्तरले निर्वाचित भएका छन् बारामा भने अन्तिम नतिजा आउन बाकी छ ।

अन्तिम मत परिणाममा लामिछानेले 54,256 मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले 11251 मत पाएका छन्।

उनीहरूबीचको मतान्तर 43005 छ। बास्तबमा अरु दलका नेताहरुले मंशिरको निर्वाचन परिणामलाई खहरे भन्दा उक्त पार्टीका उमेद्धार रबि लामिछाने ले अब को परिणाम सुनामी भएर आउने बताएका थिए, जुन कुरा सिद्ध नै भएको छ । उनले मात्र नभएर तनहुँमा समेत वाग्ले ले पाएको मत त्यस्तै छ ।

यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...