Monday 26th January 2026

चितवनमा रास्वपाको सुनामीले सवैलाई बगायो


चितवन, तनहुँ र बारामा आइतबार भएको प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा चितवन बाट २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तनहुँ १ बाट सोही पार्टीका अर्का उमेद्धार स्वर्णिम वाग्ले भारी मतान्तरले निर्वाचित भएका छन् बारामा भने अन्तिम नतिजा आउन बाकी छ ।

अन्तिम मत परिणाममा लामिछानेले 54,256 मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले 11251 मत पाएका छन्।

उनीहरूबीचको मतान्तर 43005 छ। बास्तबमा अरु दलका नेताहरुले मंशिरको निर्वाचन परिणामलाई खहरे भन्दा उक्त पार्टीका उमेद्धार रबि लामिछाने ले अब को परिणाम सुनामी भएर आउने बताएका थिए, जुन कुरा सिद्ध नै भएको छ । उनले मात्र नभएर तनहुँमा समेत वाग्ले ले पाएको मत त्यस्तै छ ।

यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...