Monday 26th January 2026

वाग्लेले १५ हजार मत कटाए


पछिल्लो मत परिणाम अनुसार तनहुँमा नेपाली कांग्रेस र एमाले बीचमा को दोश्रो हुने भन्नेमा प्रतिस्पर्दा छ । रास्वपा का उमेद्धार स्वर्णिम वाग्ले ले भने प्रतिस्पर्दी विनाको मत पाईरहेका छन ।

स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् । वाग्लेले १५ हजार १३५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्धन्द्धी गोबिन्द भट्टराईले ८ हजार ७३४ मत पाएका छन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार मत पाएका छन् । मतगणनाको सुरुवाती चरणदेखि नै वाग्लेले अग्रता कायम राखिरहेका छन् ।

दश दलिय गठबन्धनको लज्जास्पद प्रतिस्पर्दा देखिए पनि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा ले ठुला दलहरु प्रति जनताको रुझान नरहेको स्वीकार गरेका छन ।

पछिल्लो समाचार अनुसार बारा र चितवनमा पनि मतगणना शुरु भएको छ । प्रारम्भिक मत परिणाम अनुसार सानो मत अन्तरमा बारामा उपेन्द्र अगाडी र विशला मत अन्तरको छनक दिने गरी चितवनमा लामिछाने अगाडी बढेका छन ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...