Monday 6th May 2024

देउवाको अभिव्याक्ति प्रचण्डको दुर्भाग्यको संकेत


तोयानाथ उपेक्षित, दाहाल
उपचुनावको सरगर्मी चढेको बेला नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको आजै सार्वजनिक भएको अभिव्याक्तिले प्रचण्ड को काउन्ट डाउन शुरु हुने पक्का भएको छ । हत्तपत्त नवोल्ने देउवाले सरकारको क्रियाकलाप प्रति जनाएको असन्तुष्टि पूर्वनियोजित योजना अनुसारको एउटा बहानाको रुपमा लिन पर्ने हुन्छ ।

सभापति देउवाले सोचि विचारी बोलेका भए पनि समय भने अनुपयुक्त पक्कै हो । उनको अभिव्याक्तिले माओवादी पंक्ति भित्र यति बेला गंभिर शंसय पैदा गरिदिएको छ जसले गर्दा तीनवटा उपनिर्वाचनमा कांग्रेसका उमेद्धारलाई झर्ने गठबन्धनको मतमा असर पार्ने देखिन्छ । आफ्नो सत्तारोहणको हतारो देउवाले थप १० दिन नदेखाएको भए कांग्रेसलाई फाईदा नै हुने थियो ।

ओलीसँग गठजोड गर्न आएका प्रचण्ड जसरी देउवासँग टासिन गए त्यो उनको महाभूल थियो भन्ने कुरा अब उनले विस्तारै चाल पाउनेछन । तर समय घर्की सके पछि उनले जे महसुस गरे पनि त्यसले खास अर्थ राख्दैन । हुन सक्छ कांग्रेसलाई ओली ले फेरी पनि ललिपप देखाएका हुन । यदि त्यसो हो भने पनि ओलीले आफ्नो विरुद्धमा खनिएको गठबन्धन तोड्नु उनको राजनैतिक धर्म नै हो । त्यसलाई स्वभाविक रुपमा लिन पर्दछ ।

ओलीसँग राजनितिक खेल खेल्ने प्रचण्डलाई कसरी ठेगान लगाउने भन्नेमा ओली को ध्यान कहिल्यै विमुख भएको थिएन र हुदैन पनि । उनले जोरी खोज्ने माधव नेपाल लाई सडकमा पुरयाईसकेका छन । आफ्नै पार्टीका बलिया र शसक्त नेता भनिएका घनश्याम र रावलको पखेटा काटि दिएको अवस्थामा उनी एक पछि अर्को योजना बनाईरहेका छन । ओलीले प्रचण्डलाई प्रम बनाएर राखेको ठाउँमा उनी अडिन नसक्नुको परिणाम अब उनले चाडै भोग्ने देखिन्दैछ । मौका ले पाएको राष्ट्रपति को अफर लाई लत्याएर देउवा पुज्न पुगेका माधव नेपाल को अवस्था पतनन्मुख दिशामा तिब्रगतिले बढिरहेको छ । शक्ति सन्तुलनको बाध्यताले ओली आफू सत्तामा नगएर प्रचण्ड र माधव लाई जुन मौका दिएका थिए, त्यसलाई कमजोरीका रुपमा बुझ्नु पनि गलत थियो र रणनैतिक रुपमा पनि । बामहरु निकट हुने मौका र सहकार्यको मुलढोका खुल्ने उक्त घट्ना क्रमलाई प्रचण्ड र माधव ले बुझ्न नसक्नु अन्तत उनीहरुकै हित विरुद्धको निर्णय भएको विश्लेषकहरुको दावी छ । पाएको सुनौलो अवसर गुमाएर माधव र प्रचण्डले ओलीलाई होईन आफैलाई गंभिर धोका दिएका हुन यसमा शंकै छैन ।

उपनिर्वाचन पछि रास्वपा ले सरकारलाई दिएको समर्थन फिर्ता लिनै पर्दछ । प्रचण्ड सरकारसँग रुष्ट सिके राउतले पनि समर्थन फिर्ता लिने संभावना छदै छ । उपेन्द्र यादवले बाराबाट हारे भने जसपा ले पनि कांग्रेस र माओवादी माथि दोष लगाउने छ र संभवत उसले पनि समर्थन फिर्ता लिने छ । त्यसो भएको अवस्थामा सरकारले पुन विश्वासको मत लिन पर्ने हुन्छ त्यसपछि प्रचण्ड सरकार गिर्ने छ र ठुला दलको हैसियतले सरकार बनाउने जिम्मा देउवाले पाउने छन । त्यसका लागि देउवा ले ओलीको साथ पाउने कुरामा भित्री सहमती भईसकेको बुझ्न गाहो छैन । केही महिना देउवा सरकार चले पछि ओली ले पुन देउवालाई दिएको विश्वास फिर्ता लिनेछन र त्यस पछि कसैले सरकार बनाउन सक्ने छैनन । षडयन्त्र नै षडयन्त्रका विच अस्थिर राजनिती लाई सहि ट्रयाकमा ल्याउन मध्यावधि मा जसरी पनि जानै पर्दछ र देउवाले त्यसका लागि सिफारिस गर्ने छन । त्यसलाई रामचन्द्र पौडेल ले छाँप लाउने छन । यो अवस्था सम्म पुगे पछि त्यसको विरोध खासै हुने छैन । मध्यावधी समय को उपज हुने गर्दछ र त्यो हिजो पनि सहि थियो भनेर ओलीले गरेको सिफारिसले न्याय पाउनेछ ।

त्यसपछि हुने निर्वाचनले रास्वपालाई एउटा शसक्त शक्तिको रुपमा उभ्याउने छ । सरकार बहुमतको अथवा मिलिजुली भए पनि रास्वपाको नेतृत्वमा हुन सक्ने प्रवल संभावना रहनेछ । त्यसपछि मात्र यो देश ले परिवर्तन महसुस गर्ला । अर्थात केही नभए पनि अहिले जसरी प्रचण्को सरकार बनाउनमा मुख्य रोल देखियो त्यो भुमिकामा कुनै न कुनै रुपले रास्वपा पुग्नेमा कुनै शंका गर्नै पर्दैन ।


सम्बन्धित शीर्षकहरु

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रसाद बराललाई ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएको छ । काठमाण्डौमा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं…

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

प्रतिकृयाहरू
...