Saturday 18th May 2024

पत्रकार गोपालप्रसाद बराललाई ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान


महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रसाद बराललाई ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएको छ ।

काठमाण्डौमा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं राष्ट्रिय महाधिवेशनमा बराललाई शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरेका हुन् ।

महासंघको २७ औं महाधिवेशन शुक्रबार सुरु भएर आज शनिबार सम्पन्न भएको थियो । प्रेस स्वतन्त्रता सेनानि सम्मान नेपाली पत्रकारितामा लामो समयसम्म प्रेस स्वतन्त्रताको पक्षमा कलम चलाएवापत प्रदान गरिने विशिष्ट सम्मान मानिन्छ ।

महोत्तरीमा यो सम्मान पाउने बराल चौथो पत्रकार हुन् । यसअघि जिल्लाकै वरिष्ट पत्रकार विन्देश्वरीप्रसाद मण्डल, कुँवरकान्त झा र रविन्द्र उप्रेतिले यो सम्मान पाइसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...