Tuesday 29th September 2026

पत्रकार गोपालप्रसाद बराललाई ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान


महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रसाद बराललाई ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएको छ ।

काठमाण्डौमा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं राष्ट्रिय महाधिवेशनमा बराललाई शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरेका हुन् ।

महासंघको २७ औं महाधिवेशन शुक्रबार सुरु भएर आज शनिबार सम्पन्न भएको थियो । प्रेस स्वतन्त्रता सेनानि सम्मान नेपाली पत्रकारितामा लामो समयसम्म प्रेस स्वतन्त्रताको पक्षमा कलम चलाएवापत प्रदान गरिने विशिष्ट सम्मान मानिन्छ ।

महोत्तरीमा यो सम्मान पाउने बराल चौथो पत्रकार हुन् । यसअघि जिल्लाकै वरिष्ट पत्रकार विन्देश्वरीप्रसाद मण्डल, कुँवरकान्त झा र रविन्द्र उप्रेतिले यो सम्मान पाइसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...