Monday 6th May 2024

अस्थिरतामा खेल्न खोज्नु प्रचण्डको ठुलो कमजोरी


तोयानाथ उपेक्षित, दाहाल
प्रचण्ड त्यस्तो राजनैतिक पात्र हुन जसले क्रान्तिको ठुलो सपना देखाएर एउटा शसस्त्र विद्रोहको नेतृत्व गरे तर उनी असफल भए । असफल हुनका धेरै कारणहरुका बारेमा धेरैले चर्चा, विश्लेषण र आरोप लगाएका छन । लगभग ति सवै कोणबाट हुने गरेका विश्लेषणहरु भित्र नै उनको राजनैतिक यात्रा सिमित छ त्यो साँचो कुरा हो । उनले भारतमा बसेर नेपालमा क्रान्ति गर्नु नै सर्वथा त्यो क्रान्ति मौलिक र माटोले खोजेको दिशामा नबढ्नुको सवैभन्दा महत्वपूर्ण कारण थियो । जसरी विश्व दुई ध्रुवमा विभक्त हुदा रसियाले लादेको कम्युनिजम युरोपमा टिकेन ठिक त्यस्तै प्रचण्डले शुरु गरेको माओवादी नाम दिएको विद्रोह असफल हुनुमा भारतको हात थियो ।

भारतले उनलाई प्रयोग गर्यो तर त्यो प्रयोजन नेपालको शासक अझ राजतन्त्रलाई कमजोर बनाउने मात्र नभएर नेपाललाई नै कमजोर बनाउनु र यो देशभित्र माईक्रो मेनेजमेन्ट गर्नु थियो । त्यसर्थ विद्रोह आफैमा नक्कली थियो । जबसम्म सामान्य जनताले नेतृत्व कहाँ बस्छ, के गर्दछ भन्ने थाहा पाएका थिएनन माओवादीलाई साथ दिएकै हुन । उनीहरुले पहिलो संविधानसभा चुनावमा पाएको सफलता त्यसैको प्रमाण हो । तर जसरी माओवादी खुल्ला राजनितीमा आए र भारतको ईशारामा चल्न थाले तब सवैले चाल पाए बास्तविकता तब उनीहरु एमाले, कांग्रेस, राप्रपा वा अरु कहि जहाँ जहाँबाट माओवादीमा गएका थिए त्यतै फर्किए जुन कुरा दोश्रो संविधानसभा चुनावदेखि अहिलेसम्म जारी छ र यो क्रम अझै रोकिएको छैन । स्वयम् हिजो बन्दुक बोक्ने लडाकु , घाईते र अपांगहरुसमेत अहिले सवै माओवादीमा छैनन । उनीहरुले माओवादी आन्दोलन धोका हो भन्दैछन । त्यसो त धोका हो भन्नेमा बैध, बादल र विप्लबहरु पनि छन ।

प्रचण्डको राजनिती एक दशक यता अस्थिरतामा खेल्ने खालको भएको छ । उनले एमाले र कांग्रेस बीचको प्रतिस्पर्धाको फाईदा उठाई रहेका छन । प्रचण्ड र आम माओवादी कार्यकर्ताको राजनैतिक भविश्य सधै जोखिममा छ भन्ने बुझेका प्रचण्ड पटक पटक शक्तिमा आए पनि शान्ति प्रक्रियाका बाकी काम पुरा गर्न किन लागेनन भन्ने कुराको खोजी गर्ने हो भने छर्लंग के बुझन सकिन्छ भने त्यो बैधानिक विधीबाट समस्या समाधान गर्न गाहो छ । किनकी गंभिर रुपले मानब अघिकार उलंघनका आरोप उनले खेप्न पर्ने हुन्छ जसलाई मेलमिलाप आयोगबाट छिनोफानो गर्न सकिन्दैन । तब उनी अस्थिरतामा रमाउन थालेका हुन । यसरी नै तीस बर्ष विते अब तीस बर्ष बिताउने हो भने पिडित र पिडकको एउटा पुस्ता नै सकिएर जानेछ र त्यो सगै सवै कुरा सामान्य हुनेछन भन्ने उनले सोचेको हुन पर्दछ ।

धर्मराईरहेको माओवादी पार्टीलाई एमालेसँग मिसाएर प्रचण्डले बुद्धि पुरयाएकै हुन आखिर उनलाई प्रधानमन्त्री बन्ने लालसाले त्यो एकता टिक्न सकेन । ओली कार्यकाल भरी कसैले चुईम्क्क नबोलेको कुरा अहिले आएर एकाएक कडा र शसक्त हुदै जानुले प्रचण्डले महसुस गरेको हुन पर्दछ उनले गल्ती गरे । कांग्रेसले उनलाई शक्ति सन्तुलन र स्वार्थ मिलेका दिनसम्म मात्र हो साथ दिने त्यसपछि तिनै कांग्रेस एकल बहुमतमा आउने हो भने प्रचण्डलाई एक दिन पनि छाडने छैनन । यसपटकको चुनावमा झन खुम्चिएर ३२ सिटमा झरेको माओवादी हंग पाल्र्यामेन्ट रहेसम्म हो सुरक्षित हुने अब आउने चुनावमा उसको ३२ सिट जोगिने कुरा पनि असम्भव जस्तै छ । नयाँ शक्तिको रुपमा उदाएको रास्वपा पहिलो, दोश्रो वा तेश्रोमा रहन्छ भने चौथो शक्तिमा राप्रपा र संभवत पाँचौ शक्तिका रुपमा माओवादी रहन सक्छ । त्यसपछि सरकार बनाउने र भत्काउने खेलमा प्रचण्डको हात बाहिर हुनेछ । यदि त्यस्तो भयो भने त्यहाँबाट प्रचण्ड युग समाप्त हुने छ । त्यसपछि माओवादी अस्तित्वमा नरहन पनि सक्छ ।

अहिले प्रचण्डका लागि अन्तिम मौका हो । उनले आफू र आफ्ना कार्यकर्ता सुरक्षित राख्ने हो भने जसरी हुन्छ युद्धकालका बाकी सवै काम टुंगो लगाउनै पर्दछ । उनलाई समयले त्यो छुट दिदैन कि त्यसलाई यसै अलपत्र पार्ने । यदि यो काम हुन सकेन भने अहिले उनले अवसरका रुपमा पाएको मौका सदाका लागि खेर जानेछ र संभवत हतकडी लगाएर जेल जाने अवस्था आउने छ । उनलाई अब अर्को अबधिसम्ममा कांग्रेसले चाहेर पनि जोगाउन सक्ने छैन । एमाले त उनलाई जोगाउन लाग्दै लाग्दैन ।

कसै कसैले यो देशको अस्थिरताको कारक माओवादी हो भन्छन । उनीहरुले नबुझेको के हो भने स्थिरतामा प्रचण्ड र माओवादीको भविश्य सुरक्षित छैन । जहाँ अस्थिरता रहिरहन्छ त्यहाँ प्रचण्डबादले हावी हुने मौका पाई रहनेछन । प्रचण्डले सत्ता र शक्तिमा रहेका बेला नै आफ्ना मुद्धाहरुमा केन्द्रित भएनन र अस्थिरतामा खेलिरहे भने त्यो कमजोरीको उनले भारी मुल्य निश्चित रुपमा चुकाउने छन ।


सम्बन्धित शीर्षकहरु

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रसाद बराललाई ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएको छ । काठमाण्डौमा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं…

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

प्रतिकृयाहरू
...