Monday 23rd March 2026

रमदान (रमजान) भरी खुल्ला स्थानमा खाने,पिउने गरेको पाइए १ सय केडी वा १ महिना जेल वा दुवै सजायँ हुने


गुलाम नवि मन्सुर- कुवेत लगायत विश्वभरमा गत मार्चको २३ तारीकदेखि सुरू भएको इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमदान (रमजान) एक महिनासम्म दिवा उपवास बसेर मनाई रहेका छन। यो समयमा अल्लाहलाइ खुशी पार्न दिवा उपवासको साथमा जति सक्यो धेरै कुरान पाठ पनि गरिन्छ ।

एक महिनासम्म मनाइने उक्त पर्वमा इस्लाम धर्मावलम्बीहरुले एक आपसमा खुसी साटासाट गर्ने गरेका हुन्छन।त्यस्तै कुवेत लगायत मध्यपुर्वका देशहरुमा भने सोही समयमा निकै कडाई गरिएको हुन्छ। रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा सेवन गर्दैनन् ।

खासगरी बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म खानपिनको विषयमा स्थानीय प्रसाशनले खुब निगरानी गरीरहेको पाइन्छ।कुवेतमा एक महिना बर्तको समयमा सार्वजनिक स्थानमा खाने, पिउने र धुम्रपानमा प्रतिबन्धित गरेको छ। रमादान सुरू भएदेखि हालसम्म उक्त कार्यमा नेपालीहरु नदेखिए पनि भारतीय नागरिकहरू भने पक्राउ परेको देखिएको छ । कुवेतको कानून अनुसार खुल्ला स्थानमा खाने, पिउने र धुम्रपान गरेको भेटेमा एक महिना जेल सजाय वा एक सय कुवेती दिनार या त दुबै जरिवाना हुनसक्ने बताएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...