Sunday 11th January 2026

रमदान (रमजान) भरी खुल्ला स्थानमा खाने,पिउने गरेको पाइए १ सय केडी वा १ महिना जेल वा दुवै सजायँ हुने


गुलाम नवि मन्सुर- कुवेत लगायत विश्वभरमा गत मार्चको २३ तारीकदेखि सुरू भएको इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमदान (रमजान) एक महिनासम्म दिवा उपवास बसेर मनाई रहेका छन। यो समयमा अल्लाहलाइ खुशी पार्न दिवा उपवासको साथमा जति सक्यो धेरै कुरान पाठ पनि गरिन्छ ।

एक महिनासम्म मनाइने उक्त पर्वमा इस्लाम धर्मावलम्बीहरुले एक आपसमा खुसी साटासाट गर्ने गरेका हुन्छन।त्यस्तै कुवेत लगायत मध्यपुर्वका देशहरुमा भने सोही समयमा निकै कडाई गरिएको हुन्छ। रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा सेवन गर्दैनन् ।

खासगरी बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म खानपिनको विषयमा स्थानीय प्रसाशनले खुब निगरानी गरीरहेको पाइन्छ।कुवेतमा एक महिना बर्तको समयमा सार्वजनिक स्थानमा खाने, पिउने र धुम्रपानमा प्रतिबन्धित गरेको छ। रमादान सुरू भएदेखि हालसम्म उक्त कार्यमा नेपालीहरु नदेखिए पनि भारतीय नागरिकहरू भने पक्राउ परेको देखिएको छ । कुवेतको कानून अनुसार खुल्ला स्थानमा खाने, पिउने र धुम्रपान गरेको भेटेमा एक महिना जेल सजाय वा एक सय कुवेती दिनार या त दुबै जरिवाना हुनसक्ने बताएको छ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...