Saturday 5th July 2025

तमू समाज, कुवेतद्धारा ‘सातौ बृहत रक्तदान कार्यक्रम’ अप्रिल २८ तारिख गर्ने


तितोपाटी-‘रक्तदान जीवन दान’ भन्ने नारा सहित तमू समाज, कुवेत द्धारा सातौ बृहत रक्तदान कार्यक्रम आगामी अप्रिल २८ तारिख २०२३ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । कुवेतको सेन्ट्रल ब्लड बैंकको बिशेष सहयोगमा उक्त कार्यक्रम हुन लागेको हो।
निश्चित समय अवधि पछि मनिसको शरिरमा रहेको रक्त कोषहरु आफै मरेर जाने र रगत दान गर्दा कसैको जिबन बचाउन सकिने भएकोले रक्तदानलाई महादान भनिन्छ ।

जीवन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना या जुनसुकै कारणवस शरीरमा रगतको कमी भई जिबन र मृत्‍युको दोसाँधमा अल्झिरहेका मनिसहरुको जीवन रक्षा गर्न मद्त पुग्ने भएकोले रक्तदानको धेरै महत्व छ । यही वास्तविक सत्यलाई जनमानसमा अभिबृद्धी गर्दै तमू समाज, कुवेतले विगत २०१३ साल देखी यस् कुवेत नगरीमा वार्षिक सामुहिक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्दै आई रहेको छ । यो सातौ बृहत रक्तदान कार्यक्रम हो । यस बिच रगत आवश्यक भै उपचारमा कठिनाई भोगी रहेका अनेकौ बिरामीहरुलाई तमू समाजको पहल कदमीमा रगत उप्लब्ध गराईएको छ ।
तसर्थ जाब्रिया स्थित कुवेतको सेन्ट्रल ब्लड बैंक सँग समन्वय गरी आगामी अप्रिल २८ गते शुक्रबार ‘सातौ बृहत रक्तदान कार्यक्रम २०२३’ तय गरिएको आयोजक तमू (गुरुङ) समाज, कुवेतले जनाएको छ साथै यस मानवीय पुण्य कार्यमा सहभागी भै स्वईक्षीक रुपमा रक्तदान गर्न सम्पूर्ण रक्तदाताहरुलाई अपिल गरेको छ ।


सम्बन्धित शीर्षकहरु

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा…

प्रतिकृयाहरू
...