Tuesday 21st March 2023

चितवन सेवा समाज कुवेतको वार्षिकोत्सव एबम तेस्रो अधिबेशन मार्च १७मा हुने


तितोपाटी-चितवन सेवा समाज कुवेतले आफ्नो छैठौं वार्षिकोत्सव एवं तेस्रो अधिबेशन गर्ने भएको छ । सामाजिक गतिविधिमा सक्रिय रहेको चितवन सेवा समाजले आउदो मार्च १७ तारिख शुक्रबार  छैठौं वार्षिकोत्सव एबम तेस्रो अधिबेशन गर्ने निर्णय गरेको जीवन कुमार बि.क.ले तितोपाटीलाई जानकारी दिएका छन।

कुवेतमा कार्यरत चितवन जिल्लाबासीलाई समेटेर २०१६ मा नबिन लोप्चनको नेतृत्वमा चितवन सेवा समाज गठन भएको थियो। “अनेकतामा एकता, एकताको मन-हाम्रो प्यारो चितवन”  भन्ने मुल नाराका साथ गठन भएर कुवेतमा क्रियाशील रहेको चितवन सेवा समाजले समस्यामा परेका चितवनबासीको समस्या समाधान गर्न पहल तथा पिडितहरुलाई उद्दारमा सहयोग गर्दै आएको छ । पर्यटकीय जिल्ला चितवन भएको हुदा आन्तरिक पर्यटक बिस्तारको लागि समेत सबैलाई जानकारी दिदै आएको छ।

कुवेतमा कार्यरत चितवनबासी दाजुभाई दिदी बहिनीहरु आउदो मार्च १७मा हुन् लागेको तेस्रो अधिबेशनमा सहभागी भई सस्थामा आबद्द हुन समेत जीवन कुमार बि.क.ले आग्रह गर्दै यदि व्यस्तताको कारण उक्त दिन उपस्थित हुन् नसके पनि चितवन सेवा समाजको सम्पर्कमा आउँन  अनुरोध गरेका छन।

कार्यक्रम हुने मिति स्थान समय

मिति- १७ मार्च २०२३,शुक्रवार
स्थान – शेफ नौशाद रेस्टुरेन्ट फर्वानिया कुवेत।
समय- दिनको ११:०० बजे।


सम्बन्धित शीर्षकहरु

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा…

दक्षिण अमेरिकी मुलुक इक्वेडरमा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार दिउँसो दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा…

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित भएका छन् । निर्वाचित यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय…

प्रतिकृयाहरू
...