Sunday 27th September 2026

गोर्खा स्पोर्टिङ क्लवको आयोजनामा अल मुजैनी कप भलिबल प्रतियोगिता शुक्रबार हुदै


गोर्खा स्पोर्टिङ क्लव कुवेतद्वारा अन्तर नेपाली खुला अल मुजैनी कप भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ। आउदो  शुक्रबार माबुल्ला स्थित भलिबल प्राङ्गणमा सो प्रतियोगिता आयोजना हुन लागेको  प्रतियोगिताको अलमुजैनी एक्सचेन्जले स्पोन्सर गर्ने भएको छ  । हाला फेब्रुअरी अर्थात फेब्रुअरी २५  र २६  तारिख  कुवेतको राष्ट्रिय दिवस र लिबेरेसन डेको अवसरमा सार्वजनिक बिदा हुने हुँदा बिदाको समयलाइ नेपालीहरुको खेलकुद बिकास र खेलाडीहरुलाई  हौशला  प्रदान गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएकोछ ।

कार्यक्रममा प्रथम पुरस्कारमा २५०/- केडि ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरसकारमा १५०/- केडि ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो पुरस्कारमा ७५/- केडि ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ। यश कार्यक्रमको स्पोन्सर अल मुजैनी एक्स्चेन्जले गरेको छ।

खेलमा १२ टिम समावेश भएका छन भने खेल बिहान ७:३० बजेदेखी सुरु हुनेछ। गोर्खा स्पोर्टिङ क्लवले कार्यक्रमको सम्पुर्ण तयारी सकिएको जानकारी गराउँदै कुवेतमा स्थापित विभिन्न संघ संस्थाहरु, पत्रकार बन्धुहरु, खेलप्रेमी साथिहरु, तथा सबै नेपालिहरुलाइ उपस्थित भइ खेलको मज्जा लिन अनुरोध गरेका छन।

खेल तालिका हेर्नुहोस 


सम्बन्धित शीर्षकहरु

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

प्रतिकृयाहरू
...