Monday 23rd March 2026

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको ७९ वर्षको उमेरमा निधन


पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुशर्रफको ७९ वर्षको उमेरमा दुबईमा निधन भएको छ । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन हस्पिटल दुबईमा उपचाररत थिए ।

सन् १९९९ मा सैनिक कु गरेर सत्ता सम्हालेपछि झण्डै एक दशकसम्म पाकिस्तानमा शासन गरेका उनले आफ्नो अन्तिम वर्ष स्व-निर्वासनमा बिताए।

उनीमाथि पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो र रेड मस्जिदका धर्मगुरुको हत्याको अभियोग पाकिस्तानी अदालतमा रहेको छ । उनीमाथि २००७ संविधानलाई निलम्बन सम्बन्धी राष्ट्रद्रोहको मुद्दासमेत रहेको छ । मुसर्रफ २०१६ मार्चदेखि दुबईमा बस्दै आएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले एक छोटो वक्तव्यमा मुशर्रफको परिवारप्रति समवेदना प्रकट गरेका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘मृत आत्माले शान्ति पाओस् ।

पाकिस्तानी सिनेटका नेताहरूले पनि “गहिरो शोक” व्यक्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...