Tuesday 20th January 2026

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको ७९ वर्षको उमेरमा निधन


पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुशर्रफको ७९ वर्षको उमेरमा दुबईमा निधन भएको छ । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन हस्पिटल दुबईमा उपचाररत थिए ।

सन् १९९९ मा सैनिक कु गरेर सत्ता सम्हालेपछि झण्डै एक दशकसम्म पाकिस्तानमा शासन गरेका उनले आफ्नो अन्तिम वर्ष स्व-निर्वासनमा बिताए।

उनीमाथि पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो र रेड मस्जिदका धर्मगुरुको हत्याको अभियोग पाकिस्तानी अदालतमा रहेको छ । उनीमाथि २००७ संविधानलाई निलम्बन सम्बन्धी राष्ट्रद्रोहको मुद्दासमेत रहेको छ । मुसर्रफ २०१६ मार्चदेखि दुबईमा बस्दै आएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले एक छोटो वक्तव्यमा मुशर्रफको परिवारप्रति समवेदना प्रकट गरेका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘मृत आत्माले शान्ति पाओस् ।

पाकिस्तानी सिनेटका नेताहरूले पनि “गहिरो शोक” व्यक्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...