Tuesday 21st March 2023

लघुकथाः कुराैटे -छायादत्त न्याैपाने ‘बगर’


कक्षा ९मा पढ्ने देशजले भने-बा प्राणीहरूमा श्रेष्ठ कुन हाे ? छाेराकाे ठाडाे प्रश्न सुनेर आँखा तिखार्दै दीनबन्धुले-मान्छे ! सजिलोसँग भने । बाकाे जबाफले देशज गम्भीर भएर अर्को प्रश्न गरे- कसरी ? दीनबन्धुले – सामान्य छ नि अरु प्राणीलाई आफ्नो सुखका लागि प्रयाेग गर्न सक्छ, मात्रै आफ्नो सुखका लागि ।
देशजलाई चित्त बुझेन उनले- अरुलाई सकेजति दुख दिएर आफू खुसी हुनु श्रेष्ठता हाे ? भनेकाे सुनेर -ओहाे ! यसरी त मैले साेचेकै थिइनँ भन्दै दीनबन्धु रन्थनिए । बा आत्तिएकाे देखेर -यही त अचम्म छ ! प्राणीहरूमा सर्वश्रेष्ठ रे अरूकाे भाग खाेस्ने, काटमार गरेर प्राण हर्ने, जसरी हुन्छ आफै सुखी हुने ? अर्काकाे हक लुटेर रमाउने कसरी श्रेष्ठ ? श्रेष्ठको परिभाषा के ?
देशजकाे तर्कले दीनबन्धुलाई पसिना पसिना बनायाे । उनले बल्लतल्ल आफूलाई सहज बनाउँदै भने- याे मान्छेको अनैतिक र अनुशासनहीन व्यवहार हाे , यसलाई श्रेष्ठ भनेको हैन । बाकाे कुरा सुनेर देशज अझ चनाखाे हुँदै भने- साँच्चै भन्ने हाे भने त मान्छे श्रेष्ठ प्राणी हुँदै हैन, दुष्ट प्राणी हाे । श्रेष्ठ त गाई हाे जसले घाँस दिन्छ सट्टामा उसलाई दुध दिन्छ ।
त्यस्तो दूध जुन दुधले बालकको प्राण बचाउँछ ।
मान्छे झैँ कुराैटे अरुलाई छल्दै आफू रमाउने स्वार्थी प्राणी मैले त अरु कहीं कतै कुनै देखेको छैन । मैले देखेकाे सत्ता बाहिर भजम राम, सत्तामा जाम धुकुटी झ्वाम ! नेपाली नेताजस्तै श्रेष्ठ मान्छे, है बा ! बा !!


सम्बन्धित शीर्षकहरु

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा…

दक्षिण अमेरिकी मुलुक इक्वेडरमा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार दिउँसो दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा…

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित भएका छन् । निर्वाचित यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय…

प्रतिकृयाहरू
...