Wednesday 21st January 2026

माधव शाही स्मृति पत्रकारिता पुरस्कार स्थापना


गत वर्ष कुवेतमा निधन भएका पत्रकार माधव शाहीको स्मृतिमा “माधब शाही स्मृति प्रबासी पत्रकारिता पुरस्कार” स्थापना भएको छ ।

नेपाल पत्रकार महासघ वैदेशिक शाखा कुवेतले स्वर्गिय पत्रकार माधब शाहीका नाममा ७५ केडी राशीको पत्रकारिता पुरस्कार स्थापना गरेको हो। उक्त पुरस्कार हरेक वर्ष शाखा स्थापना दिवसको अवसर पारी कुवेतमा परोपकारी पत्रकारिता गरिरहेका पत्रकार मध्ये सकृय एक जनालाई छनोट गरि प्रदान गरिने शाखा अध्यक्ष नवराज पन्थीले जानकारी दिएका छन ।

स्वर्गिय पत्रकार शाही वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा रही पत्रकारिता सगै सामाजिक गतिबीधीमा कृयाशिल रहेका थिए ।

गत वर्ष कुवेतमै अस्ताएका शाहीले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै शाखाको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...