Tuesday 24th March 2026

माधव शाही स्मृति पत्रकारिता पुरस्कार स्थापना


गत वर्ष कुवेतमा निधन भएका पत्रकार माधव शाहीको स्मृतिमा “माधब शाही स्मृति प्रबासी पत्रकारिता पुरस्कार” स्थापना भएको छ ।

नेपाल पत्रकार महासघ वैदेशिक शाखा कुवेतले स्वर्गिय पत्रकार माधब शाहीका नाममा ७५ केडी राशीको पत्रकारिता पुरस्कार स्थापना गरेको हो। उक्त पुरस्कार हरेक वर्ष शाखा स्थापना दिवसको अवसर पारी कुवेतमा परोपकारी पत्रकारिता गरिरहेका पत्रकार मध्ये सकृय एक जनालाई छनोट गरि प्रदान गरिने शाखा अध्यक्ष नवराज पन्थीले जानकारी दिएका छन ।

स्वर्गिय पत्रकार शाही वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा रही पत्रकारिता सगै सामाजिक गतिबीधीमा कृयाशिल रहेका थिए ।

गत वर्ष कुवेतमै अस्ताएका शाहीले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै शाखाको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...