Tuesday 4th August 2026

नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले अंग्रेजी नयाँ वर्षमा प्रकश सपुत र तक्मे बुढोलाइ कुवेत ल्याउने


तीतोपाटी – नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले अंग्रेजी नयाँ वर्षको छेको पारेर आगामी ६ जनवरी २०२३ मा अायोजना गर्ने सांगीतिक कार्यक्रमको लागि नेपालका चर्चित राष्ट्रिय कलाकार द्वय प्रकाश सपुत र विल्सन बिक्रम राइ (तक्मे बुढो)लाइ कुवेत ल्याउने भएको छ । संस्थाको छैटाैं वार्षिक उत्सवको अवसर पारेर संघले नेपालबाट राष्ट्रिय कलाकार कुवेत ल्याइ सांगीतिक धमाका गर्न लागेको हो । कार्यक्रमका लागि दुबै कलाकारलाइ अनुबन्ध गरिसकिएको कार्यक्रम संयोजक मनिष के.सी. ले जानकारी दिएका छन् ।

सेन्ट्रल इङलिस स्कुल जलिब अल सुयोखमा अायोजना गर्न लागिएको उक्त सांस्कृतिक कार्यक्रमका लागि एक पछि अर्को हिट गीतहरू दिएका अहिलेका जल्दाबल्दा लोक दोहोरी गायक सपुत र सदाबहार कमेडी स्टार तक्मे बुढोले जनवरीको जाडोमा कुवेतबासी नेपालीहरूलाइ कत्तिको तताउने हुन त्यो हेर्न बाँकी नै रहे पनि दर्शकहरूको मनोभावनालाइ बुझेर कलाकार चयन गरि अनुबन्ध गरिएको र कलाकारहरूको प्रसिद्धिलाइ मध्यनजर गरि अायोजक टिमले ७००० क्षमता भएको कार्यक्रम स्थल छनाैट गरेको संयोजक के.सी. ले बताए ।

“नेपालीहरुको सेवामा समर्पित” भन्ने मुलनारा का साथ गठन भइ कृयासिल रहेको “नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत” ले छैटाैं बार्षिक उत्सवको साथमा उक्त साङ्गितिक धमाका अायोजना गर्न लागेको तथा कलाकार अनुबन्ध, हल बुकिङ तथा मिति तय भइसकेको र अन्य तयारी युद्धस्तरमा अघि बढिरहेकोले कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सम्पन्न गर्न कुवेतबासी सबै नेपालीहरूको साथ र समर्थनको अपेक्षा गर्दै सबैलाइ कार्यक्रममा उपस्थित भइदिन संघले कुवेतवासी सबैमा अनुरोध समेत गरेको छ ।

नेपाली दूतावास, कुवेतमा कृयाशिल संघसंस्था, मिडियाकर्मी, समाजसेवी वुद्धिजीवि लगायत सबैलाइ अाधिकारिक रूपमा निमन्त्रणा पठाइने भए पनि अगृम रूपमा सबैलाइ हार्दिक निमन्त्रणा गर्दै कुवेतमा रहेका अन्य संघ संस्थालाइ उक्त मितिमा कुनै पनि कार्यक्रम न जुधाइदिनु हुन नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले विनम्र अनुरोध पनि गरेको छ भने कार्यक्रम बारे विस्तृत जानकारीको लागि तपसीलका व्यक्तिहरूसँग सम्पर्क गर्न सकिने पनि संघले जनाएको छ ।

सम्पर्क व्यक्तिहरू र फोन नंं हरूः
१. मनिस के.सी. – 51003611
२. सुन बहादुर तामाङ – 55044349
३. विजय धामी – 65142228

कार्यक्रम सम्बन्धी विवरणः
कार्यक्रमः नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतको छैटाैं वार्षिक उत्सव तथा सांगीतिक धमाका ।
मितिः ६ जनवरी, २०२३ ।
स्थानः सेन्ट्रल इङलिस स्कुल जलिब अल सुयोख, एनबीके बैंकको अगाडि ।
समयः बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ।
अतिथि कलाकारहरूः प्रकाश सपुत तथा विल्सन विक्रम राइ (तक्मे बुढो) साथमा कुवेतका स्थानीय कलाकारहरू ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी रूसको क्रास्नोडार क्षेत्रस्थित कालो सागर (Black Sea) किनारको आर्खिपो-ओसिपोभ्का समुद्री तटमा ड्रोन खस्दा ७ जनाको मृत्यु भएको छ। मृतकमध्ये…

बुर्किना फासोका अन्तरिम नेता इब्राहिम त्राओरे पछिल्लो समय अफ्रिकाका सबैभन्दा चर्चित राजनीतिक व्यक्तित्वमध्ये एक बनेका छन्। सैन्य विद्रोहमार्फत सत्तामा आएका…

इजरायलले आफ्नै प्रविधिमा आधारित एउटा अत्याधुनिक मानवरहित स्टेल्थ लडाकु विमान (Unmanned Stealth Combat Aircraft) विकास गरिरहेको बताइएको छ। यो परियोजनाको…

प्रतिकृयाहरू
...