Wednesday 16th September 2026

कुवेत एयरवेजले काठमाडौं सम्म हप्ताको ४ सिधा उडान थाल्यो


तीतोपाटी डटकम-कुवेत एयरवेजले कुवेतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(काठमाडौं) सम्म आफ्नो सिधा उडान गरेको छ। कुवेत एयरलाइन्सले ३० अक्टोबर २०२२ राति १०:५५ बजे आफ्नो पहिलो उडान गरेको हो। उडान KU391 ३१ अक्टोबर २०२२ मा बिहान ६:१० बजे (स्थानीय समय) काठमाडौंमा अवतरण गरेको थियो ।

कुवेत एयरवेजले हप्तामा मंगलबार, बुधबार, बिहीबार र आइतबार चार उडान गर्ने छ । यो उडान कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ४ बाट हुनेछ।

कुवेत एयरवेजको सेवा थपिएपछि कुवेतबाट काठमाडौंका लागि तीनवटा सिधा उडान हुनेछन् । जजिरा र हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत सिटी रुटमा सिधा उडान सेवा दिइरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबको लाल सागरस्थित यान्बु बन्दरगाहबाट कच्चा तेलको लोडिङ अस्थायी रूपमा रोकिएको र युरोपतर्फ पठाउने केही सेप्टेम्बर अन्त्यका तेल ढुवानी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसका डिजेल भण्डार र ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न आग्रह गरेका छन्। ट्रम्पका…

लिथुआनियाको आकाशमा प्रवेश गरेको एक ड्रोनलाई NATO का लडाकु विमानहरूले खसालेका छन्। अधिकारीहरूका अनुसार यो पहिलो पटक हो जब लिथुआनियाको…

प्रतिकृयाहरू
...