Monday 29th December 2025

भारतको विहारमा छठ पर्वमा ५३ जनाको डुबेर मृत्यु


भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीहरूको चार दिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा गएका श्रद्धालुको डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएअनुसार छठको अन्तिम दिन गत सोमबार १८ जना डुबेका थिए । विहारका मुख्यमन्त्री नीतिशकुमारले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारलाई क्षतिपूर्तिस्वरुप राज्यकोषबाट रू चार लाख उपलब्ध गराउने घोषणा गरेका छन् । उनले क्षतिपूर्ति बापतको रकम तत्काल पीडितका परिवारलाई प्रदान गर्ने व्यवस्था मिलाउन जिल्लाका सम्बद्ध अधिकारीलाई निर्देशन पनि दिएका छन् ।

प्रकाशको पर्व दीपावलीको अन्त्यसँगै भारतमा छठ पर्व प्रारम्भ हुन्छ । उत्तर एवम् पूर्वी भारतका हिन्दूहरूमा जलाशय तथा नदीमा स्नान गरी सूर्य भगवानको उपासना गर्ने प्रचलन छ ।


सम्बन्धित शीर्षकहरु

यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पाँचै भेटघाट इजरायलको सुरक्षा र विश्वमा प्रतिष्ठाको लागि महत्त्वपूर्ण कोशेढुङ्गा थिए।…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

प्रतिकृयाहरू
...