Wednesday 21st January 2026

फिलिपिन्समा भीषण वर्षापछिको बाढी पहिरोमा परी कम्तिमा ४७ जनाको मृत्यु


दक्षिणी फिलिपिन्समा भीषण वर्षापछिको बाढी पहिरोमा परी कम्तिमा ४७ जनाको मृत्यु भएको छ । त्यहाँको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले शुरूमा ७२ जनाको मृत्यु भएको बताए पनि पछि अपडेट गरेर एकिन तथ्यांक सार्वजनिक गरेको हो ।

बाढी पहिरोमा परी ६० जनाभन्दा बढी बेपत्ता भएका छन् भने ८ हजारभन्दा बढि मानिस घरबारबिहिन भएका छन् भने झण्डै २ लाख मानिसहरू बाढीबाट प्रभावित भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा शहर अधिक प्रभावित भएका छन् ।

बाढी प्रभावित क्षेत्रमा उद्धारको कार्य जारी रहेको छ भने मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...