Saturday 5th July 2025

विदेशीहरुका कारण कुवेतको समाजमा अपराध बढयो


कुवेत शहर, एडिट ब्यूरोको एक अध्ययनले चेतावनी दिएको छ कि बैदेशिक रोजगारीको घटनाको सबैभन्दा खतरनाक नकारात्मक प्रभावहरू मध्ये एक कुवेती समाजमा धेरै बाह्य अपराधहरूको उदय हुनु हो, जुन डरलाग्दो रूपमा फैलिन थालेको छ, उक्त कुरा अल राई दैनिक ले लेखेको छ ।

जसको कारणले कुवेतको अन्तर्राष्ट्रिय प्रतिष्ठामा असर परेको भनिएको छ । विदेशी कामदारहरूको कमजोर जीवन अवस्थाबाट उत्पन्न हुने आवश्यकताहरूका कारण अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूको प्रतिवेदनमा कुवेतको बदनाम हुने गरेको बताईन्छ ।

लागु औषध ओसार पसार, मानव बेचविखन, चोरी, अबैध रुपमा माधक पदार्थको उत्पादन र विक्री लगायतका श्रृंखलाबद्ध घट्नाहरुले कुवेतमा अपराध बढाएको भनिन्छ । यसलाई नियन्त्रण गर्न खास गरी गैर कानूनी रुपमा भागेर बस्ने र बाहिर खोजेर काम गर्नेहरु टार्जेटमा पर्ने देखिन्छ ।

यसै शिलशिलामा गृह मन्त्रालयले बजारहरुमा सुरक्षा अभियान सञ्चालन गरेको छ । बसोबास र काम ऐन उल्लंघन गरेको आरोपमा हिजै मात्र पनि ९३ आप्रवासी पक्राउ परेका छन् । उनीहरूलाई कानुनी कारबाही गर्न सुरक्षा अधिकारीको मा पठाइएको छ।

यसरी नै हिजै मात्र जाव्रियामा लोकल रक्सी उत्पादन गर्ने एक कारखाना मा प्रहरीले छापा मारेको छ र ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्ने सवै एषिय नागरिक हुन । एषियन भनेर यहाँ खास गरी भारत, नेपाल, श्रीलंका र बंगलोदेशलाई जनाउछ । तर रक्सी उत्पादन कारखानामा अहिले सम्म को रेर्कड हेर्दा औषतमा नेपालीहरुको संख्या उल्लेख्य पाईन्छ ।


सम्बन्धित शीर्षकहरु

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा…

प्रतिकृयाहरू
...