Monday 29th December 2025

४२ वर्षका ऋषि बन्ने भए बेलायतका प्रधानमन्त्री


संयुक्त अधिराज्य बेलायतमा पहिलो पटक भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने भएका छन्। ४२ वर्षीय ऋषि सुनक सोमबार कन्जरभेटिभ पार्टीको नेतामा निर्विरोध भएसँगै उनी बेलायतका नयाँ प्रधानमन्त्री बन्न लागेको बिबिसीले जनाएको छ।उम्मेदवारी दर्ताको अन्तिम समयमा अर्की दाबेदार पेनी मोर्डन्ट नेतृत्वको दौडबाट बाहिरिएपछि प्रधानमन्त्रीको कुर्सीमा पुग्ने ऋषिको बाटो खुलेको हो।कुनैबेला भारतलाई उपनिवेश बनाएको बेलायतमा पहिलो पटक भारतीय मूलका ऋषि प्रधानमन्त्री बन्ने भएका हुन्।

बोरिस जोन्सनको सरकारमा अर्थमन्त्री रहेका ऋषि सात हप्ताअघि भएको कन्जरभेटिभ पार्टीको नेताको चुनावमा लिज ट्रससँग पराजित भएका थिए। प्रधानमन्त्रीका रूपमा ट्रसले ४५ दिनभन्दा बढी काम गर्न सकिनन्। त्यसपछि ऋषि फेरि प्रधानमन्त्रीको दौडमा सामेल भएका हुन्।ऋषिका हजुरबुबा-हजुरआमा भारतको पञ्जाबबाट पूर्वी अफ्रिका गएका थिए। केन्याबाट उनको परिवार बेलायतको साउथएम्पटोन सरेका थिए।

ऋषिका बुवा बेलायतको स्वास्थ्य सेवामा काम गर्थे भने उनकी आमा फार्मेसिस्ट थिइन्। सन् १९८० मा जन्मिएका ऋषिले अक्सफोर्ड विश्वविद्यालयमा राजनीति शास्त्र पढेका हुन् भने अमेरिकाकाको स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट एमबिए गरेका छन्। भारतसँग ऋषिको पुर्ख्यौली साइनोमात्र छैन, अहिले पनि पारिवारिक सम्बन्ध छ।

उनले भारतीय अर्बपति एवं इन्फोसिसका सहसंस्था एनआर नारायणमुर्थीकी छोरी अक्षता मुर्थीसँग विवाह गरेका छन्। अक्षताको अहिले पनि भारतीय नागरिकता छ। सोही कारणले केही समयअघि बेलायतमा कर तिर्ने विषयमा उनी विवादमा परेकी थिइन्।प्रधानमन्त्रीका रूपमा ऋषिले संकटोन्मुख बेलायती अर्थतन्त्रलाई सही दिशामा ल्याउनु पर्नेछ।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पाँचै भेटघाट इजरायलको सुरक्षा र विश्वमा प्रतिष्ठाको लागि महत्त्वपूर्ण कोशेढुङ्गा थिए।…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

प्रतिकृयाहरू
...