Saturday 3rd October 2026

हवाईमार्गबाट आउनेबाट लागु औषध पक्राउ पर्ने क्रम बढेको देखिन्छ


कुवेत विमानस्थलको सुरक्षा व्यवस्था जतिसुकै कडा भए पनि लागु औषध बरामद हुने क्रम रोकिएको छैन । अन्तर्राष्ट्रिय विमानस्थलमा एयर भन्सार अधिकारीहरूले देश भित्र आउने यात्रुहरूबाट गाँजा, ट्रामाडोल, लिरिका चक्की र चरेस बरामद गरेका छन, अल राई दैनिकले लेखेको छ ।

त्यसरी पक्राउ पर्नेहरु विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको दैनिकले जनाएको छ । पहिलो बरामद दिल्लीबाट आएका एक एसियालीलाई गाँजा र घछण् ट्रामाडोल ट्याब्लेटसहित पक्राउ परेका थिए ।

दोस्रो बरामदमा २० थान लिरिका चक्की र चरेस भरिएको चुरोटसहित एक कुवेती पक्राउ परेका छन् । उनी एम्स्टर्डमबाट आएका थिए। तेस्रो बरामदको लागि, एक महिला नागरिकलाई हिरासतमा लिईएको थियो र उनी आफ्नो ह्यान्डब्यागमा तीन टुक्रा चरेस र एक प्रकारको लागुऔषध 130 थान बोकेर एम्स्टर्डमबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी थिइन्।

चौथो घटनामा, बेरुतबाट अर्को कुवेत महिलालाई पक्राउ गरिएको थियो। अधिकारीहरूले उनको साथबाट १५ थान लागुऔषध लिरिका चक्की र एक टुक्रा चरेस बरामद गरेका थिए । पाँचौं बरामदमा, एक कुवेती दम्पतीलाई हिरासतमा लिइयो। उनीहरु बेलायतबाट ४ थान गाँजा, ६ थान गाँजा र लागुऔषध भएको इलेक्ट्रोनिक चुरोट लिएर आएका थिए । बरामद भएका सबैलाई लागुऔषध नियन्त्रण महानिर्देशनालयमा पठाइएको छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...