Thursday 28th March 2024

महिलालाई ब्ल्याकमेल गर्ने कुवेती पुरुषलाई २ वर्ष जेल, जरिवाना


कुवेत सिटी, पुनरावेदन अदालतले एक नागरिकलाई आफ्नै देशबासी महिलालाई धम्की दिएर ब्ल्याकमेल गरेको अभियोगमा दुई वर्ष कैद र ५ हजार जरिवाना तोकेको पहिलो उदाहरण अदालतको फैसलालाई सदर गरिदिएको छ अल अन्बा दैनिकको रिपोर्टमा उल्लेख छ । केस फाइलहरूलाई प्रमाणहरूद्वारा पुष्टि गरेपछि अभियुक्तलाई पुर्पक्षका लागि रेफर गरिएको थियो । उनले पीडितको आईक्लाउड इमेल ह्याक गरी उनको तस्बिर र भिडियो क्लिपहरू चोरेको स्वीकार गरेको जनाईएको छ । जुन पीडितले उनलाई गहना, बहुमूल्य घडी र प्म्द्दण्,ण्ण्ण् नदिएमा उसले ती तस्बिर र भिडियोहरू सार्वजनिक गरिदिने धम्कि दिएको थियो ।

पीडितले आफूले सामाजिक सञ्जालमार्फत आरोपितलाई चिनेको र त्यसपछि आफन्तमार्फत उनको विश्वास जित्न प्रस्ताव गरेको बताइन् । उनको तस्बिर र भिडियो क्लिपहरू प्राप्त गरेपछि, उसले आफ्नो असली अनुहार देखाएको ती महिलाको भनाई छ । यदि उनले गहना र पैसा दिएको खण्डमा उनलाई ब्ल्याकमेल गर्न बन्द गर्ने भनिएको रहेछ,। नदिएको खण्डमा ती महिलाको परिवारलाई खबर गरिदिने भन्दै धम्काएको समाचारमा उल्लेख छ ।

पीडितका वकिल, अधिवक्ता अला अल सैदीले सार्वजनिक अभियोजन पक्षमा उजुरी पेश गरे जहाँ उनले प्रमाणित गरे कि आरोपितले गैरकानूनी रूपमा उनको ग्राहकको फोनमा पहुँच पुरयाएको र जबरजस्ती धम्की दिएर गहना र पैसा जफत गर्ने काम गरेको प्रमाणहरु उजागर गरिदिएका थिए । कसैलाई पनि अरुको अधिकार हनन गर्ने र उसको व्याक्तिगत प्रतिष्ठा वा गोपनियता माथि धावा बोल्ने अधिकार नरहेकोमा पिडितका वकिलले जोड दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...