Wednesday 21st January 2026

मल्लिकार्जुन खर्गे बने भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष


भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा मल्लिकार्जुन खर्गे निर्वाचित भएका छन् । कुल खसेको ९३८५ मतमध्ये खर्गेले ७८९७ मत पाएको र उनका प्रतिद्वन्द्वी शशि थरुरले करिब १ हजार ७२ मत प्राप्त गरेको पार्टीले जानकारी दिएको छ ।

अध्यक्ष पदमा शशि थरुर र मल्लिकार्जुन खर्गेसँग प्रतिस्पर्धामा उत्रिएका थिए । कांग्रेस पार्टीको १३७ वर्षे इतिहासमा छैटौं पटक पार्टी अध्यक्ष पदका लागि सोमबार निर्वाचन भएको थियो ।

खर्गेको जितपछि दिल्लीस्थित कंग्रेसको मुख्यालयबाहिर उत्सवको माहोल छ, कार्यालयमा ठूलो संख्यामा नेता कार्यकर्ता पुगेको भारतीय मिडियाहरुले बताएका छन् ।

लामो समयसम्म गान्धी परिवारमा रहेको कंग्रेस नेतृत्व यस पटकबाट गान्धी परिवार बाहिर गएको छ तर खर्गेलाई गान्धी परिवारको निकट नेताको रुपमा लिने गरिन्छ। थरुर पनि कांग्रेसको २३ नेतामध्ये पर्छन्।


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...