Wednesday 18th March 2026

मंगाफ फुटबल क्लबले २८ अक्टोबरमा अन्तर-नेपाली फुटबल प्रतियोगिता गर्ने


मंगाफ फुटबल क्लबले यहि अक्टोबर २८, २०२२ का दिन अन्तर-नेपाली फुटबल प्रतियोगिता गर्ने भएको छ । फाहहिलको सुकसवा खेलमैदानमा अल्मुल्ला एक्सचेन्ज नकआउट फुटबल प्रतियोगिता-२०२२ हुने भएको हो ।

मंगाफ फुटबल क्लबको आयोजनामा २८ अक्टोबर २०२२ सुक्रबार बिहानको ८ बजे देखि फाहहिलको सुकसवा खेलमैदानमा हुने फुटबल प्रतियोगितामा कुवेतमा रहेका खेलाडी र खेल प्रेमीहरुको चाहनालाई मध्यनजर गर्दै एक आपसमा भाइचारा अभिवृद्धी गर्ने उधेश्यले मंगाफ फुटबल क्लब कुवेतले अन्तर नेपाली अल्मुल्ला एक्सचेन्ज नक आउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजक समितिका खेल संयोजक नवराज पराजुलीले जानकारी दिएका छन् ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने फुटबल टिमललाई ट्रफी, मेडल, प्रमाणपत्रका साथ नगद पुरस्कार प्रदान गरिने त्यसैगरी बिधागत रुपमा बेष्ट गोल रक्षक, बेष्ट डिफेन्डर, बेष्ट मिड फिल्डर, बेष्ट फर्वाड, हाइ स्कोररलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने टिम दर्ताको लागि ३५ केडी. सुल्क सहित बिहिबार २० अक्टोबर २०२२ साझको ६:00 बजे सम्मको समय तोकिएको आयोजक समितिको संयोजक नवराज पराजुलीले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...