Saturday 17th January 2026

कर्णालीमा बाढी पहिरोमा परि मर्नेको संख्या ३३ पुग्यो, २२ अझै बेपत्ता


कर्णाली प्रदेशभर बाढीपहिरामा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो।

सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको छ भने मुगुमा आठ जना, कालिकोट र हुम्लामा चार/चार जना, जाजरकोटमा तीन जना, डोल्पा र सल्यानमा दुई/ दुईजनाको मृत्यु भएको छ भने दैलेखमा एकजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

२२ जना अझै बेपत्ता भएको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ भने बाढीपहिरामा परी २१ जना घाइते भएका छन् ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...