Friday 21st August 2026

पञ्जावका मुख्यमन्त्रीको रक्सी विवाद


तोयानाथ उपेक्षित, भारतीय प्रान्त पञ्जाब का मुख्यमन्त्री भगवतमान सिंह ले आफूलाई समाल्न नसक्ने गरी रक्सी पिएका कारण उनलाई विमानबाट ओरालिएको समाचारले भारतमा मात्र नभएर विश्वभरी नै आम आदमी पार्टीमा आस्था राख्नेहरुको चिन्ता बढाएको छ ।

सेप्टेम्बर ९ बाट १८ रम्म जर्मनीमा चलेको एक लगानी सम्बन्धि सम्मेलनमा गएका मुख्यमन्त्री मान दिल्ली फर्कने दिन अर्थात १८ सेप्टेम्बरका दिन ज्यानै नथामिने गरी रक्सी पिएर विमानमा आएका थिएन र उनलाइ उनको श्रीमति र कर्मचारीको सहारामा विमान चढाईएको थियो भनिएको छ । त्यसपछि विमानले उनलाई बोक्न नमानेको कारण उनी र उनका सहयोगी टिमका ४ जना जहाँजबाट ओर्लिन परेको भनिएको छ । सो क्रममा जहाँज ४ घण्टा ढिलो गरी दिल्लीका लागि उडेको थियो ।

तर पञ्जाबका मुख्यमन्त्रिको अफिसियल भनाई ले त्यो समाचार को खण्डन गरेको जनाईएको छ । जस अनुसार उनी अस्वास्थ्य भएका कारण विमान को रि सेडयुअल गर्न परेको भनेको छ । बचाव र विरोधमा जे जति कुरा आएका छन त्यसले भारतिय मिडियामा ठुलै चर्चा पाएको छ । कसैकसैले पञ्जावको शिर गिराएको भनेका छन त कसैकसैले केजरीवाल लाई सम्बोधन गर्दै उनलाई मुख्यमन्त्रीवाट हटाउन माग गरेका छन ।

दिल्ली पछाडी पञ्जावमा पहिलो पटक आम आद्मी पार्टी ले एक लौटी सरकार गत निर्वाचनबाट बनाएको हो । भगवतमान सिंह ले आफ्ना एक मन्त्रीले कुनै योजनाका लागि कमिसन मागेको विषयलाई लिएर उनले बर्खास्त गरेका थिए । केजरीवाल भन्दा पनि कडा र निष्ठावान भनिएका पञ्जावी मुख्यमन्त्री ले साँच्चै थाम्नै नसक्नेगरी रक्सी पिएका नै थिए त भन्ने सवाल अझै केही दिन चर्चा बटुल्ने देखिन्छ । उनलाई र उनको पार्टीलाई गिराउन अर्नगल प्रचार मात्र गरिएको हो भने त्यसले भारतिय राजनितीको दुर्घन्ध कति कडा छ भन्ने देखाउछ ।

नेपालमा स्वतन्त्र भनिएका उमेद्धारहरु, वा नयाँ शक्तिका रुपमा आफूलाई मत मागि रहेकाहरु लाई पनि यो मुद्धाले कतै न कतै छुने छ ।


सम्बन्धित शीर्षकहरु

रोजिना ढुंगाना - रातको करिब एघार बजेको थियो। सविताको हातमा मोबाइल थियो, तर उसको औँला एउटै स्क्रिनमा अडिएको थियो। उसले…

बंगलादेशका विदेश मामिला सल्लाहकार हुमायूं कबीरले प्रधानमन्त्री तारिक रहमानको आगामी सेप्टेम्बर १२–१३ मा भारतमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन…

इजरायली रक्षा बल (IDF) का प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले दक्षिणी सिरियाको भ्रमण गर्दै इजरायलको सीमासँगै कुनै पनि शत्रुतापूर्ण शक्तिले…

प्रतिकृयाहरू
...