Thursday 25th April 2024

मणिपुरमा शुरू भयो एकसय एकतीसौं डुरान कप


डा. हरिमोहन पोख्रेल, कोहिमा /मणिपुर राज्यको मुख्य क्रीडांगन मानिने खुमन लाम्पाक स्टेडियममा आजबाट एकसय एकतीसौं डूरान कप शुरू भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उद्धाटन सत्रमा केंदीय रक्षा मंत्री राजनाथ सिंहको मुख्य आतिथ्य रहेको र राज्यका मुख्यमन्त्री एन बिरेनको सहभागिता रहेको सो कार्यक्रममा बोल्दै रक्षा मंत्रीले भने कि खेलको क्षेत्रमा विश्वकै पावरहाउस मानिने मणिपुरको प्रस्तुति कम छैन ।हामीले खेलकुदखेलकुदको विकास र विस्तार गर्नको लागि मणिपुरबाट प्रेरणा लिनुपर्ने छ ।उनले अगाडि थपे कि आजबाट शुरु भएको डूरान कपको एकसय एकतीसौं संस्करण पनि एउटा ऐतिहासिक नै हुने छ । यसै अवसरमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि मणिपुरको योगदान विश्वमै रहेको कुरा यहाँका खिलाड़ीहरूको अथक प्रयासबाट हो भन्दा फरक नपर्ला ।

उनले अगाडि थपे कि केन्द्रबाट पनि खेलको उन्नति,विकास र प्रगति अनि शोधको नया बाटो खोलिनु पर्ने आवश्यकता देखिएको छ ।
यसै अवसरमा राज्यका सिविल र पुलिसका अधिकारीहरूको उपस्थिति रहेको थियो भने स्टेडियम खचाखच भरिएको थियो ।विभिन्न रंगारंग कार्यक्रमका साथ आरंभ भएको यस खेलले अवश्य पनि इतिहास बनाउने छ ।

स्मरण रहोस डूरान कप फुटबल मणिपुरमा पहिलो पटक आयोजना भएको हो ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...