Saturday 5th July 2025

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११५ औं श्रृङ्खला स्वतन्त्र रचना वाचन गरी सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११५ औं श्रृङ्खला यहि मिति २०७९ साल भाद्र १ गते स्वतन्त्र काव्य गाेष्ठीकाे रुपमा रचना वाचन गरी सम्पन्न भयाे ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ साहित्यकार डा,देवी पन्थीकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्नु हुँदै अाज कविता,खाेरिया,पन्चाङ्ग विविधताकाे रमाईलाेमा रम्न पाईयाे ।विदेशबाट अाएकाे जे पनि सम्मान गर्ने तर स्वदेशकाेलाई सम्मान नगर्ने खालकाे प्रवृत्तिले अाफ्नाे देशमै प्रवर्तन भएका साहित्यका लघु विधाहरु पनि छन् भन्नु हुँदै चारु राग विराग बारे प्रष्ट पार्नु भयाे । चन्द्रागिरिले विधागत गर्ने कार्यक्रमले सर्जकले धेरै विधामा कलम चलाउने प्रेरणा मिलेकाे छ भन्नु हुँदै अाफ्नाे रचना सुनाउनु भयाे । डा,बम बहादुर थापाले चसाप्रने काे नियमित कार्यक्रम प्रति खुशी व्यक्त गर्दै ” लाेक शक्तिकाे संकल्प ” कविता सुनाउनु भयाे ।विशिष्ठ अतिथि गंगा लिगलले चन्द्रागिरि साहित्यले स्रष्टाहरुलाई लेखनमा विशिष्टता बनाउँदै लगेकाेमा खुशी व्यक्त गर्नु भयाे ।

सिता पाण्डे अधिकारीकाे कुशल उद्घघाेषणमा भएकाे काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमस खगेन्द्र प्रसाद बस्याल,लक्ष्मी प्रसाद मिश्र,तिला लेकाली,साेम लुईंटेल,दुर्गा रिमाल अधिकारी,चुडा निर्भिक,केशु पाेखरेल,संगिता ठाकुर,उमा अाेडारी,उत्तम भेटवाल,चन्द्रावती अधिकारी लगायत १६ जना सर्जकहरुले अा-अाफ्ना रचना वाचन गर्नु भयाे ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे रुपमा खाेरिया लेखनकाे सिद्धान्त प्रष्ट पार्नु हुँदै प्रमुख अतिथि,विशिष्ठ अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथि साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गरि अाफ्नाे रचनाकाे साथ कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा…

प्रतिकृयाहरू
...