Saturday 3rd October 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११५ औं श्रृङ्खला स्वतन्त्र रचना वाचन गरी सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११५ औं श्रृङ्खला यहि मिति २०७९ साल भाद्र १ गते स्वतन्त्र काव्य गाेष्ठीकाे रुपमा रचना वाचन गरी सम्पन्न भयाे ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ साहित्यकार डा,देवी पन्थीकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्नु हुँदै अाज कविता,खाेरिया,पन्चाङ्ग विविधताकाे रमाईलाेमा रम्न पाईयाे ।विदेशबाट अाएकाे जे पनि सम्मान गर्ने तर स्वदेशकाेलाई सम्मान नगर्ने खालकाे प्रवृत्तिले अाफ्नाे देशमै प्रवर्तन भएका साहित्यका लघु विधाहरु पनि छन् भन्नु हुँदै चारु राग विराग बारे प्रष्ट पार्नु भयाे । चन्द्रागिरिले विधागत गर्ने कार्यक्रमले सर्जकले धेरै विधामा कलम चलाउने प्रेरणा मिलेकाे छ भन्नु हुँदै अाफ्नाे रचना सुनाउनु भयाे । डा,बम बहादुर थापाले चसाप्रने काे नियमित कार्यक्रम प्रति खुशी व्यक्त गर्दै ” लाेक शक्तिकाे संकल्प ” कविता सुनाउनु भयाे ।विशिष्ठ अतिथि गंगा लिगलले चन्द्रागिरि साहित्यले स्रष्टाहरुलाई लेखनमा विशिष्टता बनाउँदै लगेकाेमा खुशी व्यक्त गर्नु भयाे ।

सिता पाण्डे अधिकारीकाे कुशल उद्घघाेषणमा भएकाे काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमस खगेन्द्र प्रसाद बस्याल,लक्ष्मी प्रसाद मिश्र,तिला लेकाली,साेम लुईंटेल,दुर्गा रिमाल अधिकारी,चुडा निर्भिक,केशु पाेखरेल,संगिता ठाकुर,उमा अाेडारी,उत्तम भेटवाल,चन्द्रावती अधिकारी लगायत १६ जना सर्जकहरुले अा-अाफ्ना रचना वाचन गर्नु भयाे ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे रुपमा खाेरिया लेखनकाे सिद्धान्त प्रष्ट पार्नु हुँदै प्रमुख अतिथि,विशिष्ठ अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथि साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गरि अाफ्नाे रचनाकाे साथ कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...