तोयानाथ उपेक्षित, पञ्चायतमा चुनाव लड्न पाईन्थ्यो र मन परेको उमेद्धारलाई मानिसले चुन्थे । राजनैतिक स्वतन्त्रता पनि केही हद सम्म थियो । बामपन्थी दलहरुले समेत दल नभनी जनपक्षिय उमेद्धार भन्दै चुनावमा उठ्न पाउथे, सदनमा बोल्थे । तलब भत्ता खान्थे तर व्यवस्था बहुदलीय थिएन ।
अहिले बहुदलिय व्यवस्था छ तर सिद्धान्तहिनहरुको जमातमा सवै परिणत भईसके । एक हिसाबले यो व्यवस्थालाई नेताहरुले पोलेर खाईसके । उनीहरु पनि पञ्चायतमा जस्तै जित्नका लागि चुनाव लड्न थाले । के गर्दा जितिन्छ त्यही मात्र सोच्न थाले । कसको पार्टी कुन हो त्यो गौण कुरा भईसको बरु को सँग मिले चुनाव जितिन्छ । त्यसका लागि दाम कति चाहिने हो ? कसकसलाई रिजाउन पर्ने हो कसलाई विझाउन पर्ने हो त्यसैमा सवै को ध्यान छ ।
एजेण्डा विहिन छन सवै । सबैमा भएको समानता भनेको एक ले अर्का लाई गालि गलौज गर्ने । एक ले अर्कालाई नालायक देखाउने । एक ले अर्कालाई होच्याउने । कुनै पनि दल ले बहुदलमा दलिय प्रतिस्पर्दा लाई मुख्य विषय बनाउन छाडे । कुनै पनि पार्टी सँग सिद्धान्त, दर्शन, निष्ठा र जनअनुमोदित विचार नै छैन । टाउको को मुल्य तोक्नेहरु र एकले अर्काका विरुद्ध सुट एण्ड साईटमा उत्रनेहरु बीच मा समेत मोर्चाबन्दी भए पछि कुन कालु कुन भालु छुटिन छाडेको छ ।
तपाईको दल के हो ? दलको नाम मा सदस्यता बोक्नेसँग पनि भोट हाल्ने आफ्नो पार्टी को चुनाव चिन्ह भेट्न छाडे । एउटा को चुनाव चिन्हमा अर्को उठछ् भोट तेश्रो पक्ष ले दिन्छ । एक प्रकार ले पञ्चायती शैलीकै चुनावमा गयो देश । यसैका लागि संविधान सभा को रडाको ८ बर्ष चलेको हो ? यसैका लागि हजारौ मानिस मारिएको हो ? यसैका लागि पञ्चायत र राजतन्त्र फालिएको हो ? यस्तै प्रतिस्पर्दा गर्नका लागि गणतन्त्र चाहिएको हो ?
देश कुल्ली उत्पादन गरेर बेच्ने कारखाना बनाउन जनताले बहुदल खोजेका हुन र ? किसानले मल समेत नपाउने व्यवस्था रोजेका हुन र ? विधिविधान नचाहिने जसले शक्ति हत्याउछ उसलाई मनपरी गर्ने लाईसेन्स बहुदलिय व्यवस्थाको मुलमर्म थियोर ?
जे हो । गजब को परिदृष्य सामन्ने आउदैछ । बाबुरामले अरबौको घोटला गर्ने प्रचण्ड हो भन्थे तर उनीहरु फेरी मिल्ने ठाउँमा पुगे । त्यस्तो जघन्य आरोप मिथ्या हो ? मिथ्या हो भने बाबुराम भन्दा फटाहा अर्को कोही हुदैन । साँचो हो भने उ भन्दा ठुलो अर्को मतियार हुदैन । प्रष्ट हुदैछ यहाँ नेता कोही रहेनछ । गौरमा जिउदा मानिसको बलि दिने उपेन्द्र र उनको नरबली मा चढ्ने माओवादी कार्यकर्ता एक ठाउँमा कसरी अटाउदैछन ?
उता एमाले मा पनि त्यही अवस्था छ । पाँच पाँच तिर टाउको फर्केका स्वार्थ समुहहरु एक ठाउँमा भए पछि उसले पनि अस्तित्व रक्षाका लागि रहल पहल सवै लाई जम्मा पारेर शक्ति आर्जन गर्दैछ । एउटा का विरुद्ध अरु ५ वटा मिले पनि उसको सामुन्ने पनि उनीहरुकै कार्यशैली मा उत्रने बाध्यता ले नेपालमा कुनै दल र सिद्धान्त छैन भन्ने देखाउछ । आफ्नो पार्टी , आफ्नो निती, आफ्नो विचार, आफ्नो सिद्धान्त सवै को सौद्धाबाजी गरेर चुनाव लडने भए बहुदल चाही के का लागि हो ?
अब मतदाताले सोच्न पर्ने कुरा के हो भने भोट दल लाई होईन व्याक्ति लाई हाल्नु पर्दछ । जुनसुकै दलका जो सुकै प्रतिस्पर्धी किन नहुन । खराव मध्ये को कम खराब लाई चुनेर कम क्षति हुने बातावरण निर्माण गर्न पर्दछ । सवै दलमा राम्रा र नराम्रा नेताहरु छन ति मध्ये को असल चिन्न सक्नु पर्दछ । यहाँ कुनै सिद्धान्त छैन, कुनै दल छैन, कुनै पार्टी छैन । हामीले जसलाई जुन रुपमा चिनिरहेका छौ त्यो सवै भ्रम बाहेक केही होईन । देश लुट्ने लाईसेन्स दिने हो । जो यसका लागि कमजोर छ त्यसैलाई चुनौ ।
नेताहरुको कुनै दल छैन भने तपाईको चाही दल हुन्छ ? नेताहरुसँग आफ्नो निती र सिद्धान्त बोकेको कुनै पार्टी छैन भने तपाईको पार्टी कहाँ छ ? अब हामी एक दलिय प्रतिस्पर्दाको चुनावका नजिक छैन । त्यो भनेको पञ्चायती शैलीको चुनाव नै हो । यहाँ दल हेर्नु भयो भने फेरी देशमा थप संकट आउन सक्छ । जानेर नजानेर भोट खेर नफाल्नुस । दल नहेर्नुस उमेद्धार छान्नुस ।