Tuesday 17th March 2026

कुवेतमा अवैध कामदारमाथि धरपकड, एक दिनमै समातिए ४०० बढी


तितोपाटी- कुवेत सरकारले अवैध रूपमा बसेका बिदेशी कामदारमाथी धरपकड सुरू गरेको छ।

आज मात्रै कुवेतका विभिन्न क्षेत्रहरुमा चेक जाँचको क्रममा झण्डै ४०० बढी विदेशी कामदार पक्राउ परेका छन् ।

कुवेत सरकारको उक्त पक्राउ अभियान गत एक महीना भन्दा अगाडी देखी निरन्तर जारी रहेको छ। अभियानमा अवैध रूपमा लुकीछिपीकाम गर्दै बसेका विदेशी कामदार ठुलो संख्यामा पक्राउ परेको कुवेतस्थित स्थानीय सञ्चारमाध्यम अल-जरिदाले जनाएको छ । 

पक्राउ परेका अधिकांश भिसाको म्याद सकिएर पनि लुकीछिपी बसेका,र केही आप्रवासीहरु विभिन्न अवैध कार्यको कसुरमा पक्राउ परेका छन।


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...