Tuesday 17th March 2026

कुवेतको भिसामा थप कडाइ,छ महिना भित्र कुवेत नफर्किए भिसा रद्द हुने


तोपाटी- कुवेतको आन्तरिक मन्त्रालयले छ महीना भन्दा बढ़ी कुवेत बाहिर रहेका आप्रवासीहरुको भिसा रद्द हुने जानकारी गराएको छ।

२०२२ को गत मे १, तारिक देखी कुवेत बाहिर रहेका आप्रवासीहरुले आफ्नो भिसा रद्द नहोस भन्ने चाहाना भएमा आगामी नोभेम्बर एक तारिक भित्रमा कुवेत प्रवेश गरीसक्नु पर्ने बताउदै उक्त नियम लागु गरेको छ।

गत वर्ष कोरोना महामारीको कारण मानवीय दृष्टिकोणबाट आप्रवासीहरूलाई कुवेत बाहिर बस्न र आफ्नो भिसा अनलाइन नवीकरण गर्न सकिने नियम संगै समयमा पुन कुवेत फर्किन सम्भव नहुने भएकोले छ महीना भन्दा कुवेत बाहिर बसोबास गर्न अनुमति दिइएको थियो।  तर उक्त निर्णयलाई पुन सच्याउदै कुवेत सरकारले छ महीना भन्दा बढ़ी कुवेत बाहिर बस्न नपाउने बताएको छ।


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...