Thursday 22nd January 2026

कुवेतबाट घरविदामा गएकाहरु छ महिना भन्दा बढी छुट्टी बस्न पाउने


बसन्त थापा, तितोपाटी- कुवेतलाई कर्मथलो बनाएर बसेका आप्रवासीहरुले छ महीना भन्दा बढ़ी कुवेत बाहिर बस्न सक्ने भएका छन।

हालै कुवेत सरकारले आफ्नो बसाई लम्ब्याउन र आफु रहेको देशबाट अनलाईन मार्फत आफ्नो भिसा नवीकरण गर्न सकिने बताएको छ।

उक्त निर्णयले विदेशमा बस्ने कामदारका लागि नियमावली लागू गर्न बाँकी रहेको उल्लेख गरेको छ । यस अघि कुवेतमा कार्यरत आप्रवासीहरुले कुवेत छोडेको ६ महिना भित्रमा पुन कुवेत प्रवेश गर्नुपर्ने नियम रहेको थियो भने उक्त नियमलाई परिवर्तन गर्दै आप्रवासीहरुले देश बाहिर आफ्नो बसाई लम्ब्याएर बस्न सक्ने भएका छन। साथै छ महिना भन्दा बढी समयदेखि कुवेत बाहिर बसेका विदेशी कामदारहरूले अनलाइनबाटै बसोबासको अभिलेख नविकरण गर्ने सुविधा रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

यो निर्णय घरेलु कामदारको लागी लागु नहुने बताउदै उक्त घरेलु कामदारहरुलाई देश बाहिर छ महिना भन्दा बढी बस्ने अनुमति दिइएको छैन तर ६ महिनाभन्दा बढी देश बाहिर बस्न चाहने घरेलु कामदारले आफु कार्यरत घर मालिक संग पूर्व अनुमति लिएर बसाई लम्ब्याउन सकिने छ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...