Monday 22nd June 2026

एनआरएनए कुवेत र MedX Medical Care कुवेतको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


गैरआवासीय नेपाली संघ कुवेत र MedX Medical Care कुवेतको सहकार्यमा गत शुक्रवार अर्थात ५ अगस्टका दिन कुवेतको फाहाहिल स्थित मेडेक्स मेडिकल केयरमा निशुल्क स्वास्थ्य शिविर कार्यसम्पन्न भएको छ । उक्त कार्यक्रममा एक सय भन्दा बढी नेपालिहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन ।

एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाको सभाध्यक्षता, नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यता एवं मेडेक्स मेडिकल केयरका अध्यक्ष मोहमद अलिको विशेष अातिथ्यतामा सो स्वास्थ्य शिविर संचालन गरिएको थियो भने
शिविर शुभारम्भ कार्यक्रमको एनअारएनए कुवेतका महासचिव दिल कुमार पाख्रीनले सञ्चालन गरेका थिए।

प्रमुख अतिथी राजदूत भण्डारीले मानिसको स्वास्थ्य भन्ने कुरा धन पैसा भन्दा पनि ठुलो धन हो भन्दै यसको सम्बन्ध एक व्यक्तिको ज्यानसंग मात्रै सम्बन्धि तभएर घर-परिवार, समाज, देश र रोजगारी गरिरहेको रोजगारदातासम्म जोडिएकोले मानिस स्वास्थ्य रहन सके पारिवारिक अार्थिक, शैक्षिक उन्नति देखि लिएर देशमा रेमिट्यान्स भित्र्याउने सम्मको महत्व राख्ने बताउँदै अन्य क्षेत्रमा फजुल खर्च गर्न भन्दा अर्धवार्षिक रूपमा १० केडि खर्च गर्न पछि हट्न नहुने सुझाव दिंदै स्वास्थ्यको बारेमा बेलैमा जानकारी लिएमा रोग लागेर रोगले च्यापेपछि घरखेत बेचेर स्वास्थ्योपचार गर्नु भन्दा रोग लाग्न नदिने तथा रोग लागि हाले पनि बेलैमा उपचार गरि सुरक्षित रहन सकिने बताउँदै रोगी भएर उपचार गर्नु भन्दा रोग लाग्नै नदिने तर्फ सबै सचेत हुनु पएने बताउनु भयो ।

सो कार्यक्रममा एनआरएनए केन्द्रका मध्यपुर्व उप संयोजक अमित राई, मेडेक्स मेडिक केयरको तर्फबाट मेडेक्सकि सचिव जेन्सी, संरक्षक राजेन्द्र तामाङले सो कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो। शुभरम्भ कार्यक्रममा समापन मन्तव्य राख्ने क्रममा अध्यक्ष लामाले पछिल्लो समय नेपाली कामदारहरुको मृत्युदर बढेको बताएका छन। उनले आफू भित्र के समस्या छ भन्ने हामिले नजान्ने र सामन्य समस्यालाई वास्ता नगर्ने हाम्रो बानिका कारण धेरैले अकालमै ज्यान गुमाइरहेको कारण बेला बेला हामिले आफ्नो स्वास्थ्य परिक्षण गराइरहनुपर्ने सुझाव दिएका छन। उनले निशुल्क स्वास्थ्य शिविर आयोजना गर्नुको उदेश्य नै कार्यक्रमको दिन धेरै मान्छे बटुलेर भिंड्भाँड देखाउनु भन्दा पनि कसरी मान्छेलाइ बढी हेल्थ अवारनेस गराउन सकिन्छ भन्नेतिर फोकस भएको बताए। “हाम्रो कार्यक्रम गर्नुको उदेश्य, एकदिनमा धेरैको स्वास्थ्य चेकजाँच गराउनु भन्दा पनि समाजमा हामिले आफ्नो स्वास्थ्य बेला बेला चेकजाँच गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नु हो।” उनले भने।

समुद्घाटन कार्यक्रमको अन्त्यमा मेडेक्स मेडिकल केयरका अध्यक्ष मोहम्मद अलिले NRNA कुवेत र राजदूत दुर्गाप्रसाद भन्डारीलाइ मोमेन्टो हस्तान्तरण तथा MedX Privilege Card प्रदान गर्दै सम्मान गरेका थिए ।




सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा विकास निर्माणका काममा भएको ढिलाइ, रिङरोड विस्तार, फोहोर व्यवस्थापन, सडक, विद्युत् र विभिन्न…

अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणले सत्ता परिवर्तन गर्ने लक्ष्य पूरा हुन सकेन र अन्ततः ११० दिनपछि अमेरिकाले इरानसँग अन्तरिम शान्ति समझ्दारी…

प्रतिकृयाहरू
...