Monday 1st June 2026

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका युवक दोस्रोपटक पक्राउ


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा ब्यानरसहित नाराबाजी गरेर चर्चामा आएका युवक अर्जुनराज पौडेल दोस्रोपटक पक्राउ परेका छन् । यसअघि घटनास्थलबाटै पक्राउ परेका उनी छुटेलगत्तै फेरि हिरासत पुगेका हुन् । एउटा अनलाइनसँगको अन्तर्वार्तामा आपत्तिजनक अभिव्यक्ति दिएका कारण उनी पक्राउ परेको प्रहरी स्रोतले बतायो । सो अन्तर्वार्तामा उनले मुलुकको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै आफूले चाहे प्रधानमन्त्रीलाई एक मिटर नजिकबाट सुट गर्न सक्ने दाबी गरेका थिए । आफूहरू प्रधानमन्त्री देउवालाई च्यालेन्ज गर्दै ब्यानर देखाउन पुगेको उनले अन्तर्वार्तामा बताएका छन् ।

‘हामी त नजिक आउन सक्छौँ भने जो पनि तपाईंको नजिक आउन सक्छ । हामी सुरक्षित छौँ, जतिसुकै राष्ट्रघात गरेपनि जनताले के गर्न सक्छन् भनेर मौन रहेर नबस्नुस्’ प्रधानमन्त्री देउवालाई चुनौती दिदै पौडेलले भनेका छन्, ‘आज हामी तपाईंको १० मिटर नजिक आएका छौँ । भोली एक मिटर नजिक आएर सुट पनि गर्न सक्छौँ । छातीमा गोली पनि हान्न सक्छौँ । त्यो ल्याकत अर्जुनराज पौडेलले राख्न सक्छ,’ अन्तर्वार्तामा उनले भनेका थिए । कमलादीमा आयोजित कार्यक्रममा नागरिकता विधेयकको विरोध गर्दै नाराबाजी गरेका तीन जना युवा पक्राउ परेका थिए । तीनैजना पछि छुटे पनि पौडेल फेरी पक्राउ परेका हुन् । उनलाई बुधबार साँझ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।अन्तर्वार्तामा पौडेलले प्रधानमन्त्री पदलाई सम्मान गर्ने भएपनि उक्त पदको दुरुपयोग गरेर दलालको भूमिका निर्वाह गर्ने राष्ट्रघातीलाई भने सम्मान गर्न नसक्ने अभिव्यक्ति दिएका थिए ।

-नेपाल प्रेसबाट

 


सम्बन्धित शीर्षकहरु

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा समता शुल्क नामक नयाँ कर लागू गरेको छ, जसअनुसार निजी तथा आवासीय शिक्षण…

सरकारले भाडामा प्रयोग हुने सवारी साधनहरूको वार्षिक आयकर दर उल्लेख्य रूपमा बढाएको छ। साना देखि ठूला तथा विद्युतीय सवारीसम्म करमा…

रुसले तालिबान नेतृत्वको अफगानिस्तानसँग सैन्य–प्राविधिक सहकार्य सम्झौता गरेपछि दक्षिण एशियाको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको छ। अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री…

प्रतिकृयाहरू
...