Thursday 29th October 2026

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका युवक दोस्रोपटक पक्राउ


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा ब्यानरसहित नाराबाजी गरेर चर्चामा आएका युवक अर्जुनराज पौडेल दोस्रोपटक पक्राउ परेका छन् । यसअघि घटनास्थलबाटै पक्राउ परेका उनी छुटेलगत्तै फेरि हिरासत पुगेका हुन् । एउटा अनलाइनसँगको अन्तर्वार्तामा आपत्तिजनक अभिव्यक्ति दिएका कारण उनी पक्राउ परेको प्रहरी स्रोतले बतायो । सो अन्तर्वार्तामा उनले मुलुकको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै आफूले चाहे प्रधानमन्त्रीलाई एक मिटर नजिकबाट सुट गर्न सक्ने दाबी गरेका थिए । आफूहरू प्रधानमन्त्री देउवालाई च्यालेन्ज गर्दै ब्यानर देखाउन पुगेको उनले अन्तर्वार्तामा बताएका छन् ।

‘हामी त नजिक आउन सक्छौँ भने जो पनि तपाईंको नजिक आउन सक्छ । हामी सुरक्षित छौँ, जतिसुकै राष्ट्रघात गरेपनि जनताले के गर्न सक्छन् भनेर मौन रहेर नबस्नुस्’ प्रधानमन्त्री देउवालाई चुनौती दिदै पौडेलले भनेका छन्, ‘आज हामी तपाईंको १० मिटर नजिक आएका छौँ । भोली एक मिटर नजिक आएर सुट पनि गर्न सक्छौँ । छातीमा गोली पनि हान्न सक्छौँ । त्यो ल्याकत अर्जुनराज पौडेलले राख्न सक्छ,’ अन्तर्वार्तामा उनले भनेका थिए । कमलादीमा आयोजित कार्यक्रममा नागरिकता विधेयकको विरोध गर्दै नाराबाजी गरेका तीन जना युवा पक्राउ परेका थिए । तीनैजना पछि छुटे पनि पौडेल फेरी पक्राउ परेका हुन् । उनलाई बुधबार साँझ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।अन्तर्वार्तामा पौडेलले प्रधानमन्त्री पदलाई सम्मान गर्ने भएपनि उक्त पदको दुरुपयोग गरेर दलालको भूमिका निर्वाह गर्ने राष्ट्रघातीलाई भने सम्मान गर्न नसक्ने अभिव्यक्ति दिएका थिए ।

-नेपाल प्रेसबाट

 


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...