Saturday 17th October 2026

सरोकार समाज कुवेतले अथिति कलाकारको साथमा सांस्कृतिक कार्यक्रम गर्ने


तितोपाटी- नेपाल कुवेत  सरोकार समाज कुवेतद्वारा  आउदो सेप्टेम्बर ३० तारिक २०२२ शुक्रबार चौथो सांगितिक धमाका तथा नेपालीहरुको महान चाड बिजय दशमीको पावन अबसरमा नेपालका  चर्चित  गायक एबम  भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र द भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमाल लाई कुवेत ल्याउने भएका छन्। कार्यक्रमको बारेमा सराेकार समाज कुवेतका सचिव सन्त लम्सालले  जानकारी दिएका छन । चर्चित पप आधुनिक गायक प्रमोद खरेलले दोश्रो पटक कुवेत आउँन लागेका हुन् भने गायिका मेचु धिमालको पहिलो पटक हो।  कोरोना महामारीले  धन्नै दुई वर्ष देखि नेपाली समाजको गतिबिधि कम हुने गरेको थियो । बिजया दशमी सांगेतिक धमाका-२०७९ चर्चित कलाकारका द्वयका साथमा स्थानीय कलाकारको प्रस्तुति रहने बुझिएको छ  ।

उक्त दिन हुने सांगीतिक कार्यक्रमा कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु लाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन आयोजकले आग्रह गरेको छ । उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रह गरेका छन ।

कार्यक्रमको विवरण:

मितिः सेप्टेम्बर ३० तारिक २०२२ शुक्रबार

स्थानः ईण्डियन सेन्टरल स्कुल, जिलिप

समयः बिहान ११ बजेदेखी

आयोजक : नेपाल कुवेत सरोकार


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...