Friday 11th July 2025

मणिपुर र नागालैडमा राष्ट्रपति पदको निर्वाचनको मतदान सम्पन्न


डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यको इम्फाल स्थित विधान सभा सचिवालयमा राष्ट्रपति चुनावको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार लगभग सबै विधानसभा सदस्यहरूले एनडीए प्रत्याशी द्रोपदी मुर्मूलाई नै एकमुस्ट मतदान गरेको थाहा लागेको छ ।

मतदान पश्चात राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि हामीले एनडीए प्रत्याशीलाई नै मतदान गरेर राष्ट्रपतिको रूपमा देख्न पाउने आशा गरेका छौ ।

यसरी नै नागालैंडमा पनि नागालैंड विधानसभा सचिवालयमा राष्ट्रपतिको लागि मतदान भएको खबर प्राप्त भएको छ । प्राप्त समाचार अनुसार एनडीए प्रत्याशी द्रौपदी मुर्मूलाई नै शत प्रतिशत मतदान गरेको कुरा थाहा लागेको छ ।

एउटा विश्वसनीय सूत्रबाट प्राप्त समाचार अनुसार राज्यका मुख्यमन्त्री नेफयू रियोले मतदान पश्चात मीडियालाई बताए कि हामीले एनडीए प्रत्याशीलाई नै मतदान गरेर विजय बनाउने प्रयास गरेका छौँ ।

स्मरण रहोस् आजको दिन संपूर्ण भारतवर्षमा देशको सोह्रौ राष्ट्रपतिको चुनाव सम्पन्न भएको छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - पछिल्लो पटक चर्चामा रहेका गायक  दुर्गेश थापा र सिसन बानियाँले बजारमा ल्याएको  नयाँ गीत ‘जाने भए जाम माया’ले…

बेरुत: लिटानी नदीको दक्षिणमा रहेको आइतत शहरका बासिन्दाहरूले बिहीबार UNIFIL सेनामाथि आक्रमण गरे। आक्रमणकारीहरूले लेबनानी सेनाको एकाइको साथ नदिई वादी…

तितोपाटी- रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बिहीबार बिहान हराएका कर्मचारीहरु गुल्मी जिल्लाबाट…

प्रतिकृयाहरू
...