Saturday 21st March 2026

राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था मिलाउने


राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । मंगलबार अपराह्न ४ बजेपछि सुरु संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

सरकारको नीति तथा कार्यक्रम आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले पारित गरेको थियो ।

सरकारले नीति तथा कार्यक्रममा कृषिलाई आर्थिक वृद्धिको बलियो आधारको रुपमा विकास गर्ने नीति लिएको छ भने गरिब तथा विपन्न घरपरिवारलाई परिचयपत्र वितरण गरी त्यसैका आधारमा सुविधा दिने भएको छ ।

नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने उल्लेख गरिएको छ। सो को लागि निर्वाचनसँग सम्बन्धित एकीकृत कानुनको तर्जुमा गरि आधुनिक सूचना प्रविधिको प्रयोग गरि प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने उल्लेख गरिएको छ भने सामाजिक सञ्जालहरुलाई कानुन र करको दायरामा ल्याइने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...