Sunday 18th January 2026

झण्डै ७० प्रतिशत स्थानीय तहको मत गणना सकियो, कांग्रेस सबैभन्दा ठुलो दल


स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत गत बैशाख ३० गते सम्पन्न निर्वाचनको मगतगणना झण्डै ७० प्रतिशत  स्थानीय तहमा सम्पन्न भएको छ । हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसले जितेर सबैभन्दा ठुलो दलको स्थान ओगटेको छ ।  देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ५०५ स्थानीय तहमा मतगणना कार्य सकिएको छ ।

नेपाली कांग्रेसले हालसम्म २२६ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजय हात पारिसकेको छ २१३ उपप्रमुख तथा उपाध्यक्ष विजयी भएका छन् ।

त्यसै गरि एमालेले अहिलेसम्म १४५ प्रमुख तथा अध्यक्ष र १५१ उपप्रमुख तथा उपाध्यक्ष जितेर दोश्रो ठलो दल बनेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले हालसम्म ९८ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा जित निकाल्न सफल भएको छ भने १०५ उपप्रमुख तथा उपाध्यक्ष पद जित्न सफल भएको छ ।

जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म १० स्थानीय तहको प्रमुख तथा अध्यक्ष तथा ११ उपप्रमुख तथा उपाध्यक्ष पद जित्न सफल भएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले हालसम्म ९ पालिकाको प्रमुख तथा अध्यक्ष ७ उपप्रमुख तथा उपाध्यक्ष पद जितेको छ ।

त्यसै गरी लोकतान्त्रिक समाजवादी पार्टीले १-१ प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष पद जितेको छ भने अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूले हाल सम्म १६ प्रमुख तथा अध्यक्ष र १६ उपप्रमुख तथा उपाध्यक्ष पद जितेका छन् ।

 


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

प्रतिकृयाहरू
...