Monday 22nd December 2025

श्रीलंकाले तत्कालका लागि विदेशी ऋण नतिर्ने


श्रीलंकाको अर्थ मन्त्रालयले केही समयका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको छ । मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । विज्ञप्तिअनुसार बाह्य ऋण तिर्ने दायित्वबाट श्रीलंका स्वतन्त्र रहेको बताउँदै देशको वित्तीय अवस्था थप खस्कन नदिन तथा ऋण पुनर्संरचनामा सबै ऋणीलाई समतामुलक व्यवहार निश्चित गर्न सरकारले आपतकालीन उपाय अपनाइरहेको बताइएको छ ।

श्रीलंकाको आर्थिक अवस्था हाल विदेशी ऋणसहित गम्भीर संकटमा फसेको विज्ञहरूले बताउँदै आएका छन् । सरकारले उपभोक्तालाई नियमित सेवा प्रवाह समेत गर्न सकेको छैन । श्रीलंकामा यतिबेला दैनिक उपभोग्य वस्तु पनि प्राप्त हुन सकिरहेको छैन भने नागरिकहरू दैनिक रुपमा सडकमा उत्रिएर सरकारको विरोध गरिरहेका छन् ।

गम्भिर आर्थिक संकटमा रहेको श्रीलंकाले विदेशी अनुदान सहयोग प्राप्त गर्नु अघि नै ऋण नतिर्ने घोषणा गरेको छ भने विदेशी मुद्रा संचिती जोगाउनको लागि आयात रोकेको छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...