तोयानाथ उपेक्षित, तीतोपाटी / अहिलेको ५ दलिय गठबन्धन कुन खालको समिकरण हो भनेर बुझन गाहो छैन । एमाले प्रतिको बढदो लोकप्रियताबाट अतालिएका पाँच दलहरु अनेक आरोप र तर्कमा गठबन्धनलाई आवश्यक ठान्छन् । वास्तवमा के साँच्चै उनीहरुले भने जस्तो तपाई पनि देख्नु हुन्छ ? के उनीहरु आफैमा बलिया हुन्थे भने एमालेसँग यति धेरै डराउन पर्ने थियो र ?
एमालेको भयका कारण बनिरहेको बर्तमान गठबन्धनले लगाउने गरेको आरोप भनेको ओली सत्तामा आए भने प्रतिगमन आउँछ । के यो वास्तवमा पत्यार लाग्ने कुरा हो ? परमादेशबाट बनेको सरकारले अरुलाई प्रतिगमनकारी देख्नु हाँस्यास्पद र लज्जास्पद कुरा होईन र ? ओली प्रतिगमनकारी हुन्थे भने जनतासँग उनले पटक पटक जाने फैसला गर्ने नै थिएनन् । प्रजातन्त्रमा जनता नै सर्वोच्च हुने भएकाले ओली सरकारले मध्यावधी गर्ने निर्णय गरेर जनतामा आफू परिक्षण गर्न खोजेको कुरा कसरी प्रतिगमन भयो ? प्रतिगमनकारी एमाले हो की अग्रगमनकारी भन्ने फैसला गर्न जनतालाई दिएको भए तिनको के जान्थ्योर ?
चुनावमा जाने कुरा प्रतिगमन हो भने चुनाव जित्नका लागि कुनै एउटा दलका विरुद्ध भईरहेको गठबन्धन चाहि अग्रगमन हो ? राजनैतिक दलहरुले आफ्नो परीक्षा जनतासँग लिन सक्नु पर्दछ । भए भरका दलहरु मिलेर एउटा दलको विरुद्धमा मोर्चा कस्नु प्रजातान्त्रिक अभ्यासमा सवै भन्दा निम्छरो र हुतिहारा कदम बाहेक केही होईन । पाँच दल मिलेर एउटा दलका विरुद्धमा लड्नु किन ? बरु ५ दल मिलेर एउटै दल बनाउदा के विग्रन्थ्यो र ? एउटै चुनावी घोषणा पत्र र साझा उमेद्धार बनाउन हुन्छ भने पार्टी एकता गर्नलाई के ले रोक्या हो ?
वास्तवमा कांग्रेसलाई माओवादी बनायौ भन्ने र माओवादीलाई कांग्रेस बनायौ भन्नेहरु गलत छैनन् । सवैका कार्यकर्ताले ती सवैलाई भोट हाल्ने भए पछि सवै एकै हुन उनीहरु अव प्राविधिक रुपमा पनि अलग छैनन् ? टाउकाको मोल तोक्ने र कांग्रेस छानी छानी ठोक्नेहरुले हिजो चाहीँ किन त्यसरी जनता भिडाएका थिए भनेर बरु धेरै सवाल मैदानमा उठन थालेका छन् । संघियताको विरुद्धमा लगातार वकालत गर्ने चित्र बहादुर केसी हुन या मधेसीको कुरा गरेर राष्ट्रियता अनेक प्रकार हुन्छन भन्दै विहारदेखि दिल्लीसम्मका नेताहरुलाई नेपालमा हस्तक्षेप गर्न माग प्रसस्त गर्ने उपेन्द्र र महन्थहरू पनि अहिले पाँच दलिय गठबन्धनमा गाँसिएका छन् । तिनका आफ्ना मूल्य र मान्यता अहिले कहाँ छन ? सत्ता र स्वार्थका लागि मात्र त्यसो गरिरहेका छन भनेर बुझ्न हुदैन यहाँ भित्र गंभिर रहस्य र षडयन्त्र छिपेको छ । किनकी यिनीहरु आफ्नो बलबुता र विवेकले यो सव गरिरहेका छैनन । दिल्लीको नेपाली दुतावासको बुचे नक्साले सवै कुरा बोलिरहेको छ ।
चुनाव जति जति नजिकिदैछ, नेपाली जनता पाँच दलको विरुद्धमा एकत्र हुदैछन । जो एमालेलाई साथ दिन चाहादैनन बरु तिनले पाँच दलको विकल्पमा राप्रपा रोजेको देखिन्छ । यसर्थ आगामी निर्वाचनपछि देशमा जनताको अभिमतले प्रष्ट मुलुकको मार्ग चित्र कोर्ला । माओवादीसँग केही शक्ति छैन भन्ने कुरा त देउवाले नै भनिसकेको कुरा शेखर कोईरालाले सार्वजनिक गरिसकेका छन् । माधव नेपालको एस को फुरफुर पनि स्थानिय निर्वाचनबाट टुंग्गो लाग्ने प्रष्ट छ बरु हारे पनि जिते पनि कांग्रेसले आफ्नो अस्तित्व जोगाउन एक्लै लडन पर्ने थियो । गठबन्धनको पछि लागेर देउवाले कांग्रेसलाई पनि सिद्धयाउने भए भन्ने धेरै कांग्रेसीजनको चिन्तामा सही थाप्न सकिन्छ । उसले निर्वाचन पछि अवस्य नै पछुताउन पर्नेछ ।