Monday 26th January 2026

बानाको अध्यक्षमा पन्त र महासचिव घिमिरे विजयी


बाना अमेरिकाको अध्यक्ष पदमा पुन सुवोध पन्त विजयी भएका छन् । साथै पन्त समूहका लगभग सबै उम्मेदवारहरू विजयी हुन् सफल भएका छन् । अमेरिकाको बाल्टिमोरमा स्थापित प्रतिष्ठित गैरनाफामूलक सामाजिक संस्था बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) मा गत अप्रिल ३ मा सम्पन्न निर्वाचनमा २०२२–२०२५ को लागि सुबोध पन्त समूहबाट उम्मेदवारी दिएकाहरुमध्ये वरिष्ठ उपाध्यक्ष पदमा हिरा गुरुङको पक्षबाट लक्ष्मी भारती बाहेक सबै पन्तका समूहका उमेद्वारहरु विजयी भएका छन् ।

पन्तका तर्फका वरिष्ठ उपाध्यक्षका उम्मेदवार अनिल गोदार पराजित  भएका छन् । सुबोध पन्त दोश्रो कार्यकालका लागि पुन विजयी भएका हुन्  । २०२२–२०२५ को लागि निर्वाचन हुने पदाधिकारीहरूमा क्रमश ः अध्यक्ष पदमा सुवोध विलास पन्त ,वरिष्ठ उपाध्यक्ष पदमा लक्ष्मी भारती , महासचिवमा सागर घिमिरे , कोषाध्यक्षमा पार्वती सिंह ऋचा विजयी भएका छन् । यसैगरी कार्यकारी समितिको सदस्यहरूमा क्रमश : बसन्त बस्नेत ,भुपेन्द्र गुरुङ, इशा गुरुङ, खिम बहादुर मश्रांगी, सन्तोष घिमिरे ,सरु विश्वकर्मा, श्याम कृष्ण कोइराला र यमुना घिमिरे विजयी भएका छन् ।

 


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...