Monday 27th July 2026

नेपालमा सुटिङ भएको फिल्म प्रदर्शन नभएको सम्झिए सलमान खानले


बलिउड अभिनेता सलमान खानले नेपालमा आफूले सुटिङ गरेको फिल्म प्रदर्शनमा नआएको स्मरण गरेका छन्। पर्यटन मन्त्री प्रेम आलेसँग बुधबार भिडिओ संवाद गरेका खानले कुराकानीका क्रममा खानले ‘बुलन्द’ नामको फिल्मको नेपालमा सुटिङ भए पनि प्रदर्शनमा नआएको बताए।

‘नेपालमा फिल्म सुटिङ भयो । तर त्यो फिल्म पछि प्रदर्शननै भएन’, खानले भने, ‘त्यतिबेला नेपालमा खुदा गवारको सुटिङ चलरहिको थियो। त्यसपछि कहिल्यै नेपाल आउने समय मिलेन। बारम्बार रद्द भइरहेको थियो।’ सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन्। खानले दशरथ रंगशालामा ‘दबगं लाइभ इन नेपाल’ शो गर्नेछन्। सलमानले नेपाल आउने समय जुर्दा खुसी लागेको बताए।

सलमान खानले मन्त्री आलेलाई मराठीमा ‘प्रेम’ नाम भएको भन्दै जिस्काउन पनि भ्याए। सलमान खानका धेरै फिल्ममा प्रेम नाम छ। ‘मेरो त नाम नै प्रेम छ’, मन्त्रीले आलेले हाँस्दै जवाफ फर्काए। मन्त्री आलेले आफ्नो बुवा भारतीय रेल्वेमा जागिरे भएको बेला मुम्बई यात्रा गरेको सलमानलाई सुनाए। सलमान ‘अच्छा अच्छा’ भन्दै हाँसिरहे।उनले सलमानको फिल्म हेरेको अनुभव साट्न भ्याए। मन्त्री आलेले बुद्धको जन्मभूमी र सगरमाथाको देशमा सलमानलाई स्वागत गर्न तयार रहेको बताए।

मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तासमेत दिएका छन्। जवाफमा सलमानले समय मिलाएर आफू सगरमाथा चढ्ने बताए । ‘तपाईँलाई म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउन आग्रह गर्दछु । यदि तपाईको समय मिल्यो भने म तपाईँलाई हेलिकप्टरमार्फत सगरमाथाको आरोहण गराउन चाहन्छु। त्यसमा तपाईँले समय मिलाउनु पर्‍यो,’ मन्त्री आलेले भने।सलमानले कोभिड १९ महामारीका कारण नैराश्यता बढेको उल्लेख गर्दै नेपालमा आएर आफूले मनोरञ्जन दिने बताए।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

प्रतिकृयाहरू
...