Tuesday 27th January 2026

पोल्याण्डकी सुन्दरी क्यारोलिना बनिन् विश्व सुन्दरी


पोल्यान्डकी सुन्दरी क्यारोलिना बिलावस्काले विश्व सुन्दरीको उपाधि जितेकी छन् । अमेरिकाको पोर्तेओमा सम्पन्न ७० औं संस्करणको विश्व सुन्दरी प्रतियोगितामा विश्व सुन्दरीको उपाधि क्यारोलिना बिलावस्कालाई प्रदान गरिएको हो । व्यावस्थापनमा स्नातकोत्तर गर्दै रहेकी क्यारोलिनाले स्वेच्छिक कामको रूपमा घरबारबिहिनहरूका लागि मद्दत गर्ने र जनचेतान जगाउने स्वयंसेवी कार्य गरिरहेकी छन् ।

यसअघि सन् २०१९ की विश्व सुन्दरी जमैकन टोनीएन सिंहले उनलाई विश्व सुन्दरीको ताज पहिर्‍याएकी थिइन् ।

त्यस्तै अमेरिकाकी स्री साइनी र ओलिभिया एस क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनरअप घोषित भए । पोल्यान्डबाट विश्व सुन्दरी हुने क्यारोलिना दोस्रो प्रतिस्पर्धी हुन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...