Monday 19th January 2026

एमालेको दाउलाई पराजित गर्न व्याख्यात्मकसहित एमसीसी अनुमोदन गरेको प्रचण्डको भनाई


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन भत्काउने खेल खेलेको र सभामुख अग्निप्रसाद सापकोटाको पदसमेत धरापमा परेकाले एमसीसी अनुमोनदनका लागि व्याख्त्यात्मक टिप्पणीसहित अनुमोदन गर्नु परेको उल्लेख गरेका छन । एमालेको दाउँलाई पराजित गर्न व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्नु परेको कुरा  अध्यक्ष प्रचण्डले  बताएका छन्।

माओबादी  केन्द्रको  केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रचण्डले भने, ‘एमसीसीका कारण गठबन्धन भत्किने अवस्थामा पुगेको थियो। एमालेले गठबन्धन पनि भत्काउने र संसद पनि विघटन गर्ने खेल खेल्यो। एमालेको दाउँलाई पराजित गर्न व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेका हौं। एमसीसी संसदबाट  पास भए संगै माओबादी केन्द्रमा बिबाद बढ्दै आएको छ । नेता  नारायणकाजी  श्रेष्ठ, देव गुरुङ, गिरिराजमणी पोख्रेल लगायतले व्याख्यात्मक घोषणा सहित पारित गरिएको एमसीसीको बारेमा असन्तुस्टी जनाउदै आएका छन । राष्ट्रियसभा गृहमा आजदेखि माओबादी केन्द्रको केन्द्रीय कमिटी बैठक  सुरु भएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...