Wednesday 28th January 2026

पाकिस्तानको पेशाबरस्थित सिया मस्जिदमा बम विष्फोट, कम्तिमा ३० जनाको मृत्यु


तीतोपाटी – पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । शुक्रबार नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ ।

सरकारी अधिकारीहरुले अन्य ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्। घाइतेहरूको अवस्था हेर्दा मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकले अनुमान गरेका छन्।

आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा रहेका प्रहरीलाई गोली हानेर भित्र प्रवेश गरेको बताइएको छ । अहिलेसम्म कसैले पनि विस्फोटको जिम्मा लिएका छैनन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...