Tuesday 20th January 2026

कांग्रेस-एमालेको बैठक-आज पनि कुनै निस्कर्ष निस्केन


शनिबार भएको छलफल नेपाली कांग्रेस र नेकपा एमालेको छलफल पनि बिना निस्कर्ष टुंगिएको छ । संसद  खुलाउने र एमसीसी अनुमोदन गर्ने बिसयमा  निस्कर्षमा पुग्ने उद्देशयले  नेकपा  एमालेका  अध्यक्ष केपी ओलीको निवास बालकोटमा नेताहरूबीच भएको छलफलपछि सरकारका प्रवक्ता समेत रहेका संचारमंत्री ज्ञानेन्द्र बहादुर  कार्कीले आफूहरूले संसद् अवरोध हटाउन एमालेसँग प्रस्ताव राखेपनि एमालेले पुरानै अडान दोहोर्‍याएको बताए । मंत्री कार्कीले  एमालेले पुरानै अडान दोहोर्‍याएको भन्दै संसदमा आफूहरूलाई प्रवेशको ढोका खोल्नुपर्छ भन्ने सर्त नछाडेको बताए ।

छलफलमा सहभागी नेकपा  एमालेका  महासचिव शंकर पोखरेलले विगत ५/६ महिनादेखि सभामुखको भूमिकालाई लिएर आफूहरूले संसद् अवरोध गर्दै आएका भन्दै जबसम्म सत्ता पक्ष आफ्ना माग पुरा गर्दैन तबसम्म संसद् अवरोध जारी रहने बताए । साथै उनले सत्तापक्षले एमसीसीमा खोजेको सहमतिमा पनि पहिला गठबन्धनको एकीकृत धारणा बनाएपछि मात्रै आफूहरूले धारणा बनाउने बताए ।

शनिबारको छलफलमा काँग्रेसका तर्फबाट मन्त्री  ज्ञानेन्द्र बहादुर कार्की सहित  उपसभापति पूर्णबहादुर खड्का र  महामन्त्री गगन थापा तथा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेका थिए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...