Tuesday 24th March 2026

कांग्रेस-एमालेको बैठक-आज पनि कुनै निस्कर्ष निस्केन


शनिबार भएको छलफल नेपाली कांग्रेस र नेकपा एमालेको छलफल पनि बिना निस्कर्ष टुंगिएको छ । संसद  खुलाउने र एमसीसी अनुमोदन गर्ने बिसयमा  निस्कर्षमा पुग्ने उद्देशयले  नेकपा  एमालेका  अध्यक्ष केपी ओलीको निवास बालकोटमा नेताहरूबीच भएको छलफलपछि सरकारका प्रवक्ता समेत रहेका संचारमंत्री ज्ञानेन्द्र बहादुर  कार्कीले आफूहरूले संसद् अवरोध हटाउन एमालेसँग प्रस्ताव राखेपनि एमालेले पुरानै अडान दोहोर्‍याएको बताए । मंत्री कार्कीले  एमालेले पुरानै अडान दोहोर्‍याएको भन्दै संसदमा आफूहरूलाई प्रवेशको ढोका खोल्नुपर्छ भन्ने सर्त नछाडेको बताए ।

छलफलमा सहभागी नेकपा  एमालेका  महासचिव शंकर पोखरेलले विगत ५/६ महिनादेखि सभामुखको भूमिकालाई लिएर आफूहरूले संसद् अवरोध गर्दै आएका भन्दै जबसम्म सत्ता पक्ष आफ्ना माग पुरा गर्दैन तबसम्म संसद् अवरोध जारी रहने बताए । साथै उनले सत्तापक्षले एमसीसीमा खोजेको सहमतिमा पनि पहिला गठबन्धनको एकीकृत धारणा बनाएपछि मात्रै आफूहरूले धारणा बनाउने बताए ।

शनिबारको छलफलमा काँग्रेसका तर्फबाट मन्त्री  ज्ञानेन्द्र बहादुर कार्की सहित  उपसभापति पूर्णबहादुर खड्का र  महामन्त्री गगन थापा तथा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेका थिए ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...