Tuesday 24th March 2026

युक्रेनमाथि आक्रमणको दोश्रो दिन राजधानी किभको नजिक पुग्यो रूसी सेना


तीतोपाटी – हिँजो बिहिबारदेखि युक्रेनमा आक्रमण शुरू गरेको रूसले दोश्रो दिन पनि आक्रमण जारी राखेको छ । रुसका स्थल, हवाई र नौसेनाले युक्रेनका दर्जनभन्दा बढी प्रमुख सहरहरूमा आक्रमण गरिरहेका छन्भ ने आक्रमणको दोश्रो दिन शुक्रबार रुसी सैनिकहरू युक्रेनको राजधानी किभको उत्तरी भेगमा पुगेको युक्रेनले जनाएको छ। सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा रुसी ट्याङ्कहरू युक्रेनको राजधानी किएभ क्षेत्रमा गुडिरहेको देखिएको छ।

यस बिच रुसको रक्षा मन्त्रालयले आफ्नो फौजले किभनजिकै अवस्थित एउटा प्रमुख हवाई अड्डा नियन्त्रणमा लिएको बताएको छ। रुसी जलसेनाले आक्रमण गरेपछि ब्ल्याक सीमा पर्ने एउटा सानो टापुमाथि आफूले नियन्त्रण गुमाएको युक्रेनले जनाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समाचारमा जनाइए अनुसार रूसी आक्रमणमा परि सैनिक र गैरसैनिक गरि १४० भन्दा बढी युक्रेनीहरूको मृत्यु भएको बताइएको छ । राजधानी किएभको रक्षाको लागि युक्रेनी सेनाले स्वयंसेवकहरूलाइ १८००० भन्दा बढि मेसिनगन बाँडेको जनाइएको छ भने १८ वर्ष माथिका ६० वर्ष सम्मका पुरूषहरूले देश छोड्न नपाउने आदेश जारी भएको छ ।

युक्रेनका राष्ट्रपतिले यूके तथा अन्य मित्रराष्ट्रलाई रुसी आक्रमण रोक्न सहयोग गर्न आग्रह गरेका छन् भने राजधानी शहर किभमा अहिले रात्रीकालिन निशेधाज्ञा जारी गरिएको छ ।रात्रिकालीन निषेधाज्ञा लगाइएको राजधानी किभमा रुसको सम्भावित हवाई आक्रमणबाट जोगिन कैयौँ सर्वसाधारणले मेट्रो स्टेशनमा आश्रय लिएका छन् ।

युक्रेनी रूसलाइ फेरी पनि वार्ताको लागि अपिल गरेका छन् भने अन्तर्राष्ट्रय रूपमा आलोचित भइरहेको रूसले युक्रेन तटस्थ बसेर नेटोमा आवद्ध नहुने भएमा वार्तामा बस्न सकिने जनाएको छ ।

उता युरोपेली सङ्घका शीर्ष नेतृत्वकर्ताहरूले रुसमाथि थप प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएका छन् भने अमेरिकाले पनि रुसका ब्याङ्क र सरकारी कम्पनीलक्षित प्रतिबन्धहरूको घोषणा गरेको छ ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...