Tuesday 24th March 2026

कांग्रेस-एमाले वार्ता बिना निष्कर्ष टुंगियो


नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बिहीबार साँझ भएको भेटवार्ता बिना निष्कर्ष टुङ्गिएको छ । देउवालाई भेट्न एमाले अध्यक्ष ओली बिहिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । कांग्रेस र एमाले नेताहरूबीच करिब डेढ घण्टा छलफल भए पनि कुनै सहमति भने हुन सकेन ।

प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा एमसीसी
संसदबाट पारित गराउन प्रस्ताव गरेका थिए ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई ‘हामी संसद्मा प्रवेश गर्न नसकेको कारण तपाईंलाई पनि थाहा छ, त्यो समस्या निराकरण नभएसम्म संसद्मा आएर आफ्ना विचार राख्न कठिनाइ छ’ भनेका थिए ।

त्यसपछि प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउन जस्तो सुकै लचिलो हुन परे पनि तयार रहेको बताएपछि भोली शुक्रबार संददीय प्रकृया शुरू हुनु भन्दा पहिले नै पुनः छलफलमा बस्ने सहमती सहित कांग्रेस-एमाले वार्ता सकिएको छ ।

वार्तामा कांग्रेसका तर्फबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाको अलावा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । त्यसै गरि एमालेको तर्फबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी थिए ।

प्रमुख प्रतिपक्षी दल एमालेले उसले कार्वाही गरेका सांसदहरूलाइ निलम्बन गर्नु पर्ने वा सभामुखले राजीनामा दिए मात्रै संसदीय गतिविधिमा सहभागी हुने भन्दै लामो समयदेखि संसद बहिस्कार गर्दै अाएको छ ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...