Thursday 22nd January 2026

एमसीसी सम्झौता बिरुद्ध सर्वोच्च अदालतमा सुरेन्द्र भण्डारीद्वारा रिट पेस


सरकारले संसदमा टेबल गरेको एमसीसी  सम्झौता बिरुद्ध  सर्वोच्च अदालतमा रिट परेको छ। सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने भन्दै रिट पेस गरेका हुन्। तर उक्त रिट दर्ता भने भइसकेको छैन ।

सर्वोच्च प्रशासनले अध्ययन गरेर रिट दर्ता गर्ने/नगर्ने जानकारी भोलि दिने भनेको वरिष्ठ अधिवक्ता भण्डारीले बताए।  अनुसार रिटमा एमसिसी नै संसदमा लगेर अनुमोदन गर्नुपर्छ भनेर नलेखिएको एमसिसीका कतिपय प्रावधान नेपालको संविधान कानुन र सार्वभौमिकताविपरीत भएकोले त्यसलाई पारित गर्न सकिँदैन भन्ने जिकिर गरिएको छ।

सरकारले हिजो मात्रै सत्ता गठबन्धन आन्तरिक बिबादका बीच पनि एमसीसी सम्झौता संसदमा टेबल गरेको छ।  कांग्रेस खुलेरै समर्थनमा पास  लागि परेको छ।  माओबादी केन्द्र, एकीकृत समाजबादी र  रास्ट्रीय जनमोर्चा खुलेरै बिरोध जनाए पनि जसपा मौन रहेको छ। प्रमुख प्रतिपक्ष् नेकपा एमालेले आधिकारिक धारणा सार्वजनिक गरेको  छैन ।

 


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...