Wednesday 18th March 2026

देशलाई ठग्नेविरुद्ध एक साताभित्र पूरा फिल्म पर्दामा देख्नेगरी काम गर्नेछु- मन्त्री प्रेम आले


संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एकसाता भित्रमा कारबाहिको दायरा भित्र (ठेगान लगाउने) ल्याउन लागेको बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस–२०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरुका विरुद्धमा कडा कदम चाल्न लागेको बताएका हुन्।

उनले आजसम्म देशलाई ठग्नेहरुका विरुद्धमा आफूले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साता भित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताए। उनले भने, ‘जतिपनि मैले कामको थालनी गरेको छु। मातृभुमिलाई साक्षि राखेर म भन्न चाहान्छु, विभिन्न तत्वहरुले अहिलेसम्म देशलाई ठग्दै आएका थिए, तिनलाई ठेगान लगाउने काम मैले गर्दै आएको छु। यो अहिले मैले गरिरहेको काम यो ट्रेलर मात्रै हो ट्रेलर अब तपाईहरु एक साताभित्र पूरा फिल्म पर्दामा देख्नेगरी म काम गर्नेछु।’

मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफू लागिपरिरहेको बताए। उनले हालै सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफूले बोल्दाखेरी तलमाथि पर्न गएको स्वीकार गरे। बोल्दा तलमाथि भएको भएपनि आफ्नो मनमा कुनै पाप नभएको उनले प्रष्ट पारे।

आफूलाई पटक-पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एक पटक त्यस्तो बोल्न पुगेको भएपनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उनले बताए। सो अडियो पूर्ण सत्य नभएको उनले प्रष्टिकरण दिए। मन्त्री आलेले आफूमा जनजातिको छोरा भएका कारणले भाषा, संस्कृतिमा कमि भएपनि आत्मा पवित्र रहेको बताए।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

गोरखा समाज कुवेतले नेपालका मुटुरोगीलाइ नेपाली रूपैयाँ ४२ हजार भन्दा बढी अार्थिक सहयोग गरेको छ । समाजले गोरखाका मुटुरोगी गोपाल…

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

प्रतिकृयाहरू
...