Thursday 22nd January 2026

एमसिसी समयमै संसदमा नल्याउँदा अस्थिरता- केपी ओली


सरकारले आज संसदमा टेबल गरेको एमसीसी सम्झौता बारेमा आफ्नो धारणा राख्दै  नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयमै एमसिसी संसदमा नल्याउँदा विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न पुगेको बताएका छन्।  बानेश्वरमा आफ्ना सांसदहरूसँग अनौपचारिक छलफलमा अध्यक्ष् ओलीले  एमसीसी संसदमा टेबल नगर्दा दुई शक्ति राष्ट्रबीचको भनाभनको स्थिति बनेको बताएका हुन्। ‘पहिला दुई/दुई सभामुख हुँदा यो पेस गरिएन जसले गर्दा सडकमा यो खालको अवस्था पैदा भयो। अराजकता र अस्थिरताको स्थिति उत्पन्न भयो’,  अध्यक्ष ओलीको  भनाइ उद्धृत गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले  जानकारी गराए ।

आज संसदमा सरकारका तर्फबाट सुचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले टेबल गरेका हुन्

 


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...